काठमाण्डौ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले उनीहरूलाई सफाइ दिने विशेष अदालतको आठ वर्षअघिको फैसला सदर गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गुरुङ दम्पतीमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै मुद्दा चलाएको थियो।
तर, विशेष अदालतले १० माघ २०७४ मा उनीहरूविरुद्धको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको थियो।
विशेष अदालतको उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।
सर्वोच्चले विभागको पुनरावेदनमा सुनुवाइ गर्दै विशेष अदालतकै फैसला सदर गरेपछि गुरुङ दम्पतीले सम्पत्ति शुद्धीकरण मुद्दाबाट अन्तिम रूपमा सफाइ पाएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।