मंगलवार, आश्विन १३,२०८३ 09:32:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:32:27
Bizshala
Global IME Bank Limited

हर्क साम्पाङद्वारा हिन्दु सम्राट सेनामाथि रोक लगाउन माग

Bizshala
हर्क साम्पाङद्वारा हिन्दु सम्राट सेनामाथि रोक लगाउन माग
New Office

काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले ‘सेना’ नाम प्रयोग गरेर सञ्चालन भइरहेका निजी संघ–संगठनमाथि सरकारले स्पष्ट नीति लिनुपर्ने माग गरेका छन्। उनले यस्ता संगठनलाई अनुमति दिने वा निषेध गर्ने विषयमा सरकारको धारणा सार्वजनिक हुनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले हाल चर्चामा रहेको ‘हिन्दु सम्राट सेना’ को गतिविधिबारे सरकारले छानबिन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले ‘सेना’ शब्द प्रयोग गर्ने समूहले राज्यको आधिकारिक सुरक्षा संयन्त्रसँग भ्रम सिर्जना गर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साम्पाङले संसदमा भने, ‘हिन्दु सम्राट सेना कस्तो सेना हो ? यो नेपाली सेनाको समानान्तर हो कि ? सरकारले यसको बारेमा खोजी गरोस्। सेना नामका जुनसुकै समूह छन्, तिनलाई निषेध गरियोस्। यदि त्यस्तो अनुमति छ भने अरूले पनि सेना बनाउन पाउने हो कि ? होइन भने कसैलाई पनि यस्तो अनुमति दिनु हुँदैन।’

सुनसरीमा भएको पछिल्लो घटनापछि सार्वजनिक बहसमा आएको ‘हिन्दु सम्राट सेना’लाई उल्लेख गर्दै उनले राज्यबाहेक अन्य कुनै समूहले ‘सेना’ नाम प्रयोग गर्नु उपयुक्त हो वा होइन भन्ने विषयमा कानूनी स्पष्टता आवश्यक रहेको धारणा व्यक्त गरे।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.