शुक्रबार, श्रावण २२,२०८३ 06:57:23
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 06:57:23
Bizshala
Global IME Bank Limited

एक वर्षमा देशभर ६१ हजारभन्दा बढी कसुर दर्ता, बैंकिङ कसुर सबैभन्दा धेरै

एक वर्षमा देशभर ६१ हजारभन्दा बढी कसुर दर्ता, बैंकिङ कसुर सबैभन्दा धेरै
New Office

काठमाण्डौ । नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा देशभर ६१ हजार १६ वटा कसुरसम्बन्धी घटना दर्ता भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो एक वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा ठूलो हिस्सा बैंकिङ कसुरसँग सम्बन्धित रहेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुरसम्बन्धी मात्रै १२ हजार ९५० वटा जाहेरी दर्ता भएका छन्।

डीआईजी काफ्लेका अनुसार अपराधका घटना दर्ताको हिसाबले काठमाण्डौ उपत्यका सबैभन्दा अगाडि रहेको छ। उपत्यकाका प्रहरी कार्यालयहरूमा मात्रै एक वर्षको अवधिमा १५ हजार २९७ वटा कसुरका घटना दर्ता भएका छन्।

बैंकिङ कसुर पनि कधधाठमाण्डौ उपत्यकामा बढी देखिएको छ। उपत्यकामा मात्रै बैंकिङ कसुरसम्बन्धी ६ हजार २२ वटा जाहेरी परेको प्रहरीले जनाएको छ। यस्तै, कर्णाली प्रदेशमा बैंकिङ कसुरका ३५५ वटा जाहेरी दर्ता भएका छन्।

प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा बैंकिङ कारोबार विस्तारसँगै चेक अनादर, आर्थिक लेनदेन विवाद, ठगी तथा वित्तीय अनुशासन उल्लंघनसँग सम्बन्धित उजुरी बढ्दै गएका छन्।

कानून कार्यान्वयन निकायका अनुसार बैंकिङ कसुरका घटना वृद्धि हुनुमा डिजिटल कारोबारको विस्तार, आर्थिक कारोबारमा बढ्दो जटिलता र वित्तीय ठगीका नयाँ शैली पनि प्रमुख कारणका रूपमा देखिएका छन्। प्रहरीले यस्ता कसुर नियन्त्रणका लागि अनुसन्धान क्षमता र प्रविधिको प्रयोग बढाउँदै लगिएको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.