सोमबार, श्रावण २५,२०८३ 01:09:08
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 01:09:08
Bizshala
Global IME Bank Limited

२० ठूला बहुराष्ट्रिय करदातासँग अर्थमन्त्री वाग्लेको छलफल आज, लगानी विस्तारदेखि प्रतिफल लैजानेसम्मका समस्या सुन्ने

२० ठूला बहुराष्ट्रिय करदातासँग अर्थमन्त्री वाग्लेको छलफल आज, लगानी विस्तारदेखि प्रतिफल लैजानेसम्मका समस्या सुन्ने
New Office

 

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरिरहेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी प्रतिनिधि तथा नेपाली साझेदारलाई छलफलका लागि आमन्त्रण गरेको हो।

मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजेदेखि सुरु हुने छलफलमा बजेटमार्फत बहुराष्ट्रिय कम्पनीलाई उपलब्ध गराइएका सुविधा, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा नेपालमा थप लगानी विस्तारका सम्भावनाबारे कुराकानी हुनेछ।

अर्थमन्त्री वाग्लेले कम्पनीका प्रतिनिधिलाई नेपालमा लगानी बढाउन, थप रोजगारी सिर्जना गर्न तथा लगानीबाट प्राप्त प्रतिफल विदेश लैजाने प्रक्रियामा देखिएका नीतिगत र प्रक्रियागत समस्याबारे खुलेर धारणा राख्न आग्रह गर्ने कार्यक्रम छ।

मन्त्रालयले कम्पनीहरूलाई आफ्ना समस्या, सुझाव तथा सरकारबाट अपेक्षित सहजीकरणका विषय लिखित रूपमा समेत पेश गर्न आग्रह गर्ने भएको छ। प्राप्त सुझावलाई बजेट कार्यान्वयन तथा आगामी नीतिगत सुधारमा उपयोग गर्ने मन्त्रालयको तयारी छ।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन निजी क्षेत्र तथा अर्थतन्त्रका प्रमुख सरोकारवालासँग चरणबद्ध छलफल गर्दै आउनुभएको छ।

यसअघि उहाँले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसक्नुभएको छ।

यस्तै, ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन, वित्तीय क्षेत्रका समस्या र अर्थतन्त्र चलायमान बनाउने उपायबारे छलफल गरिसक्नुभएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.