प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै, अर्को बैठक साउन १४ गते
काठमाण्डौ । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजको बैठकपछि अर्को बैठक साउन १४ गते राख्ने सहमति भएको हो।कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार अर्को बैठकको मितिबारे सभामुखले आजको बैठकको अन्त्यमा औपचारिक जानकारी गराउनेछन्।

