सोमबार, श्रावण २५,२०८३ 05:35:56
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 05:35:56
Bizshala
Global IME Bank Limited

ठूलो युवा जनसंख्या नेपालको चुनौती होइन, आर्थिक रूपान्तरणको ऐतिहासिक अवसर हो : मन्त्री यादव

Prabhu Bank Limited
ठूलो युवा जनसंख्या नेपालको चुनौती होइन, आर्थिक रूपान्तरणको ऐतिहासिक अवसर हो : मन्त्री यादव
New Office

 

काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको ठूलो युवा जनसंख्यालाई चुनौतीका रूपमा नभई मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

संसद्मा ‘बाल श्रम (निषेध तथा नियमन गर्ने) विधेयक, २०८३’ पेस गर्दै मन्त्री यादवले सरकारले युवा सवाललाई उच्च प्राथमिकतामा राखेको र ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ मार्फत युवासम्बन्धी कार्यक्रमको समन्वय र नेतृत्व गर्ने जिम्मेवारी मन्त्रालयलाई दिइएको बताए।

युवा सवाल बहुआयामिक भएकाले विभिन्न मन्त्रालय तथा निकायबाट कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले ती कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतासँग जोडेर प्रभावकारी समन्वय गर्ने काम मन्त्रालयले गर्ने बताए।

मन्त्री यादवका अनुसार राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी बनाउन ‘राष्ट्रिय युवा परिषद् ऐन, २०७२’ को समसामयिक पुनरावलोकनसमेत अघि बढाइएको छ। नेपाल कानुन आयोगले नयाँ ऐनको मस्यौदा तयार गरी मन्त्रालयमा पठाइसकेको उनले जानकारी दिए।

आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर, सीपयुक्त र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित सरकारले ‘युवा नीति, २०८२’ ल्याएको पनि उनले बताए। उक्त नीतिमा युवा रोजगारी, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), बदलिँदो श्रम बजार तथा रोजगारीका नयाँ अवसर र चुनौतीलाई प्राथमिकताका साथ समेटिएको छ।

मन्त्री यादवले ‘रोजगार प्रवर्द्धन दशक’ लाई मन्त्रालयले सर्वोच्च प्राथमिकतामा राखेको उल्लेख गरे।

“यसको मुख्य लक्ष्य स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी युवालाई राष्ट्रिय निर्माणमा परिचालन गर्नु हो,” उनले भने।

सरकारले युवाको सीप विकास तथा रोजगारी विस्तारका लागि राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम र ‘करियर उडान’ जस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। यस्तै एआई बिजनेस डेभलपमेन्ट, विद्युतीय सवारीसाधन (ईभी) मर्मत, निर्माण क्षेत्र तथा ‘केयर इकोनोमी’सँग सम्बन्धित क्षेत्रमा विशेष सीपमूलक तालिम उपलब्ध गराइने मन्त्री यादवले बताए।

सहिद परिवार, जनआन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति, सुकुम्वासी तथा सीमान्तकृत समुदायलाई समेत कार्यस्थलमै आधारित सीप विकास तालिम प्रदान गर्ने सरकारको योजना छ।

युवालाई रोजगारीसँगै उद्यमशीलतामा जोड्ने उद्देश्यले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ का रूपमा रूपान्तरण गरिएको पनि मन्त्री यादवले जानकारी दिए।

उनले नेपालको युवा जनशक्तिको ऊर्जा, क्षमता र सीपलाई सही दिशामा परिचालन गर्न सके युवा पुस्ता नै देशको आर्थिक रूपान्तरणको सबैभन्दा ठूलो शक्ति बन्न सक्ने बताए।

“नेपालको ठूलो युवा जनसंख्या चुनौती मात्रै होइन, यो देश विकासका लागि ऐतिहासिक अवसर हो,” मन्त्री यादवले भने, “युवाको ऊर्जा र सीपलाई सही दिशामा परिचालन गर्न सक्यौँ भने आर्थिक रूपान्तरणको नेतृत्व यही पुस्ताले गर्न सक्छ।”

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.