काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा ‘NAIMA Nepal Mobility Expo 2026 – Nepal’s Largest Auto Expo’ आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरु भएको छ।
यो प्रदर्शनी साउन २६ गतेदेखि ३१ गतेसम्म अर्थात् अगस्ट ११ देखि १६ तारिखसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। एक्स्पोको उद्घाटन आज बिहान ९ बजे नेपाल हाउसस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा शुरु भएको हो। उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका अधिकारी, प्रतिष्ठित संघसंस्थाका पदाधिकारी, नाइमाका सञ्चालक समिति तथा सदस्य संस्थाका प्रतिनिधि, प्रदर्शनी साझेदार संस्था र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति रहेका छन् ।
६ दिनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल र मोबिलिटी ब्रान्डको सहभागिता रहनेछ। प्रदर्शनीमा सवारीसाधन तथा मोबिलिटीसँग सम्बन्धित नवीनतम प्रविधि, विद्युतीय सवारी, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका पछिल्ला विकासलाई नेपाली उपभोक्तामाझ प्रस्तुत गरिनेछ।
एक्स्पो अवधिभर प्रदर्शनीसँगै Learning Sessions, Policy Dialogues तथा Industry Interactions लगायतका कार्यक्रमसमेत सञ्चालन हुनेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र सरोकारवालाको सहभागितामा ज्ञान आदानप्रदान, सीप विकास तथा सुरक्षित र जिम्मेवार मोबिलिटीसम्बन्धी जनचेतना अभिवृद्धिमा केन्द्रित कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै भविष्यको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्। उनका अनुसार एक्स्पोमार्फत प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याउने प्रयास गरिएको छ।
त्यस्तै, एक्स्पोको अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, दर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै एक्स्पोको तयारी अघि बढाएको बताए। यसपटक प्रदर्शनीसँगै Learning Sessions, तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिइएको उनको भनाइ छ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार झलालले नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताए। उनले एक्स्पो अवधिभर सञ्चालन हुने Learning Sessions, Policy Dialogues तथा Industry Interactions मा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।
उद्घाटन समारोहपछि एक्स्पोको पहिलो दिन अर्थात् साउन २६ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। त्यसपछि बाँकी दिनहरूमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी सञ्चालन हुनेछ।
एक्स्पोमा ग्लोबल आइएमई बैंक को-स्पोन्सरका रूपमा रहेको छ भने रेडबुल पावरबडीका रूपमा सहभागी छ। एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा रहेका छन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्स पार्टनरका रूपमा रहेका छन्।
त्यसैगरी, बोस (BOSCH) टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बर्क कलेज एजुकेसन पार्टनर तथा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड चार्जिङ पार्टनरका रूपमा रहेका छन्। पठाओ नेपाल राइड पार्टनर, अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) हाइड्रेसन पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर तथा ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल पार्टनरका रूपमा रहेका छन्।
भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) सर्भिलेन्स पार्टनर तथा हिट्को प्राइभेट लिमिटेड फायर एन्ड सेफ्टी पार्टनरका रूपमा रहेका छन्। त्यस्तै, आइएमई खल्ती टिकटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड अडियो–भिजुअल पार्टनर तथा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड डिजिटल पार्टनरका रूपमा सहभागी छन्।
एटीएस नेपाल भेइकल सेफ्टी पार्टनर, मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड म्यानेजमेन्ट पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर तथा फिट मिडिया प्राइभेट लिमिटेड प्रकाशन पार्टनरका रूपमा रहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।