मंगलवार, आश्विन १३,२०८३ 08:53:10
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:53:11
Bizshala
Global IME Bank Limited

एनआरएनएको जिम्मेवार पदमा नबस्ने रास्वपाको नीति, प्रवास विभागले गर्‍यो स्पष्ट

Bizshala
एनआरएनएको जिम्मेवार पदमा नबस्ने रास्वपाको नीति, प्रवास विभागले गर्‍यो स्पष्ट
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विदेशस्थित शुभेच्छुक संस्था प्रवास नेपाली सम्पर्क विभागले गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका संघ–संस्थामा पदीय जिम्मेवारी लिने नीति पार्टीको नरहेको स्पष्ट पारेको छ।

३६ देशमा रहेका प्रवास नेपाली सम्पर्क विभागका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको विदेशस्थित संगठनमा जिम्मेवारीमा रहेका व्यक्ति अन्य संघ–संस्थाको पदाधिकारी वा जिम्मेवार भूमिकामा बस्न नमिल्ने बताएका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति त्यस्तो जिम्मेवारीमा आबद्ध भएको अवस्थामा निज प्रवास विभागको संगठनात्मक जिम्मेवारीमा रहन नमिल्ने व्यवस्था रहेको स्पष्ट पार्न चाहन्छौं।’

यससँगै विभागले वंशजको नागरिकतासम्बन्धी विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। विभाग प्रमुखहरूले नागरिकता ऐन, २०६३ मा आवश्यक संशोधन तथा परिमार्जन गर्न माग गरेका छन्।

उनीहरूले प्रवासी नेपालीसँग जोडिएको नागरिकताको विषयलाई केवल कानुनी वा नागरिकताको प्रश्नका रूपमा मात्र हेर्न नहुने बताएका छन्।

संयुक्त विज्ञप्तिमा यो विषय प्रवासी नेपाली र नेपालको दीर्घकालीन सम्बन्ध, लगानी, पहिचान, अधिकार तथा राष्ट्रिय समृद्धिसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण नीतिगत विषय भएको उल्लेख गरिएको छ।

रास्वपाको प्रवास विभागले विदेशस्थित संगठनको संरचना र अन्य संघ–संस्थामा हुने प्रतिनिधित्वबीच स्पष्ट सीमारेखा कायम गर्नुपर्ने सन्देशसमेत दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.