बुधबार, श्रावण २७,२०८३ 01:26:15
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 01:26:15
Bizshala
Global IME Bank Limited

रास्वपाका सांसदलाई तेस्रोपटक ‘क्लास’, संसदमा प्रभावकारी भूमिका खेल्न तीनदिने प्रशिक्षण

Prabhu Bank Limited
रास्वपाका सांसदलाई तेस्रोपटक ‘क्लास’, संसदमा प्रभावकारी भूमिका खेल्न तीनदिने प्रशिक्षण
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई पुनः प्रशिक्षण दिने भएको छ। संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित रास्वपाले साउन २९ देखि ३१ गतेसम्म तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो।

पार्टी सचेतक क्रान्तिशिखा धितालका अनुसार प्रशिक्षण ललितपुरको गोदावरीस्थित फरेस्टमा सञ्चालन हुनेछ। यसअघि दुईपटक प्रशिक्षण दिइसकिए पनि सांसदहरूको आवश्यकता र सुझावका आधारमा थप प्रशिक्षण आवश्यक देखिएकाले तेस्रोपटक कार्यक्रम राखिएको उनले बताइन्।

प्रशिक्षणमा पार्टीको नीति, संसदीय अभ्यास, सांसदहरूको भूमिका तथा संसदमा प्रभावकारी प्रस्तुति र जिम्मेवारी निर्वाहसँग सम्बन्धित विषयलाई प्राथमिकता दिइनेछ।

‘सिक्ने प्रक्रिया जीवनभर चलिरहन्छ। यसपटक सांसदहरूकै सुझाव र आवश्यकता अनुसार कार्यक्रम तय गरिएको हो,’ धितालले भनिन्, ‘पार्टीको नीतिलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका खेल्ने विषयमा प्रशिक्षण दिइनेछ।’

रास्वपाले यसअघि २०८२ चैत ३ र ४ गते ललितपुरको होटल टुलिपमा पहिलो प्रशिक्षण सञ्चालन गरेको थियो। त्यसपछि वैशाख २६ र २७ गते जावलाखेलमा दोस्रो प्रशिक्षण आयोजना गरिएको थियो।

तेस्रोपटक हुन लागेको प्रशिक्षणमा अघिल्ला कार्यक्रमको समीक्षा गर्दै सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिका, पार्टीको नीतिगत धारणा र संसदीय प्रभावकारिता बढाउने विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.