बिहीबार, श्रावण २८,२०८३ 08:36:44
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 08:36:44
Bizshala
Global IME Bank Limited

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

Prabhu Bank Limited
करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत Merchant QR मा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागि समावेश हुने भएकाले ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन । बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरण हेर्न सक्नेछन् ।

आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंकले ग्राहकहरूलाई रु. १०० भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, PAN/VAT  बिल लिन तथा सुरक्षित राख्न र आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.