कामना सेवाको २० औं वार्षिक साधारण सभाबाट १५% लाभाशं पारित
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौमा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्तसम्मको अवधिका...

