बुधबार, असार १०,२०८३ 03:28:23
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:28:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंकद्वारा दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापा, स्थित दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले श्री दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेका हुन् । विद्यालयको दृष्टिविहीन छात्रावासका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । 

कुलरले गर्मी मौसममा छात्रावासभित्रको तापक्रमलाई सहज बनाई दृष्टिविहीन विद्यार्थीहरूलाई आरामदायी वातावरणमा बस्न तथा अध्ययन गर्न सहयोग पुर्याउने र ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीहरूको पठनपाठनका लागि अत्यावश्यक शैक्षिक सामग्री भएकाले यसले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

विद्यालयका प्रधानाध्यापक सापकोटाले बैंकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस सहयोगले दृष्टिविहीन विद्यार्र्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास तथा समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.