मंगलवार, आश्विन ६,२०८३ 10:54:23
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 10:54:23
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
New Office

काठमाण्डौ ।  कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकको २०८३ भदौ ३१ गते सम्पन्न २०औँ वार्षिक साधारणसभाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा साधारणसभाबाट पारित १५ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत सेयरधनीको बैंक तथा वित्तीय संस्थाको खातामा भदौ ३१ गतेदेखि जम्मा गर्न शुरु गरिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका लागि सेयरधनीले आफ्नो बैंक खाता तथा बैंक खाता नम्बर अद्यावधिक गरेको हुनुपर्नेछ।

बैंकले भदौ १७ गतेसम्म आफ्नो बैंक खाता विवरण अद्यावधिक गरेका सेयरधनीलाई आईपीएसमार्फत नगद लाभांश जम्मा गरिने जनाएको छ। हालसम्म बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।  

बैंक खाता शेयरधनीकै नाममा हुनुपर्ने तथा उक्त खाता नेपाल क्लियरिङ हाउस लिमिटेडअन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थाको हुनुपर्ने जनाइएको छ।

त्यसैगरी, बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लागेमा उक्त शुल्क सेयरधनी स्वयंले व्यहोर्नुपर्ने बैंकले स्पष्ट पारेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.