बिहीबार, आश्विन १,२०८३ 10:09:08
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 10:09:08
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

कामना सेवा विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। बैंकको खुद ब्याज आम्दानी करिब २ अर्ब ३१ करोड रुपैयाँ कायम रहँदा खुद शुल्क तथा कमिशन आम्दानी ३१ करोड २ लाख रुपैयाँबाट बढेर ३४ करोड ८४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद सञ्चालन आम्दानी १८.३८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

Shivam Cement
Bizshala
CG Motors

बैंकको सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

बैंकको रिटेन्ड अर्निङ ५८ करोड ७५ लाख रुपैयाँबाट बढेर ६० करोड ११ लाख रुपैयाँ पुगेको छ। साथै, रिजर्भ कोष १ अर्ब ८३ करोड रुपैयाँबाट वृद्धि भएर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म बैंकले ६६ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

यस अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जका लागि १३ करोड ६५ लाख रुपैयाँ व्यवस्था गरेको छ, जुन अघिल्लो वर्षको ४१ करोड ८१ लाख रुपैयाँको तुलनामा  कम हो।

Muktinath Bikas Bank Limited

यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने सामान्य रूपमा बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा ३.७७ प्रतिशत पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा पनि बढेर ६० करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५८ करोड ७५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको ईपीएसमा सुधार आएको छ । ईपीएस १९.०८ रुपैयाँबाट बढेर २२.७५ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९५८.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.८४ गुणा र तरलता अनुपात २५.१२ प्रतिशत कायम भएको छ ।   

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.