बुधबार, जेष्ठ ६,२०८३ 05:53:14
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:53:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ ।

अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गरिब तथा विपन्न बिरामी तथा कुरुवाहरूका लागि पौष्टिक भोजन आवश्यक रहने अवस्थालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो ।

Bizshala
New Office
CG Motors

उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो । 

भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकलाई धन्यवाद ज्ञापन गरे ।

साथै, गरिब तथा विपन्न बिरामी एवम् उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख पौडेलले बताए ।

Garima Development Bank
Shivam Cement
IME remit

आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशूल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन् ।

कामना सेवा विकास बैंकले सामाजिक, स्वास्थ्य तथा जनहितका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ । बैंकले आगामी दिनमा पनि विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै समाजप्रति उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X