शुक्रबार, असार १२,२०८३ 03:09:32
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 03:09:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय महेन्द«नगर मार्फत बेदकोट नगरपालिका वडा नं ८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको महेन्द्रनगर शाखा प्रमुख कृष्ण सिहं भाटले बेदकोट ८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अधिकांश कमजोर तथा आर्थिक अवस्थाका विद्यार्र्थी हुने भएकाले बैंकको शैक्षिक सामागी सहयोगबाट पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

New Office
CG Motors
Garima Development Bank

बैंकका महेन्द्रनगर शाखा प्रमुख भाटले विद्यालयमा वितरण गरिएको स्टेशनरी तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बेदकोट ८ का वडा अध्यक्ष, बैजनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ  ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.