सोमबार, भाद्र ८,२०८३ 07:45:33
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 07:45:33
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न कामना सेवा विकासद्वारा साधारण सभा आह्वान

लाभांश पारित गर्न कामना सेवा विकासद्वारा साधारण सभा आह्वान
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमजाण्डौमा हुने बैंकले जनाएको छ ।

उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आव २०८२/८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने, बाह्रय लेखा परिक्षक नियुक्ती गर्ने लगायतका अन्य प्रस्तावहरु रहेका छन् ।

Bizshala
CG Motors

गत वर्ष बोनस सेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको बैंकले लाभांश र बार्षिक साधारणसभा प्रयोजनार्थ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, भदौ १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.