Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 11:43:10
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा गरिब विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण

कामना सेवा विकास बैंकद्वारा गरिब विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ ।

बैंकका काठमाण्डौ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी तथा शैक्षिक सामाग्रीहरु, स्कुल ब्याग, स्कुल ड्रेस र हाउस ड्रेस, जुत्ता तथा अन्य आवश्यक सामाग्रीहरु वितरण गरेको जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले बैंकले विद्यालयका विपन्न तथा गरिब विद्यार्थीहरुको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै उपलब्ध गराएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले यस प्रकारको सहयोगले विद्यार्थीहरुलाई अध्ययनमा थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विद्यार्थीहरुलाई उक्त शैक्षिक तथा आवश्यक सामाग्री हस्तान्तरण गर्दै बैंकका काठमाण्डौ क्षेत्र प्रमुख शर्माले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामाग्रीबाट बञ्चित विद्यार्थीलाई गरिएको यस सहयोगले उनीहरुको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरुलाई निरन्तरता दिने उनले बताए । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.