मंगलवार, आश्विन १३,२०८३ 09:32:24
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:32:24
Bizshala
Global IME Bank Limited

आईसीटीमा विदेशी लगानीको आकर्षण बढ्दो, साउनमा १२८ परियोजना स्वीकृत

Bizshala
आईसीटीमा विदेशी लगानीको आकर्षण बढ्दो, साउनमा १२८ परियोजना स्वीकृत
New Office

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा विदेशी लगानीका १९१ परियोजना स्वीकृत भएका छन्। परियोजनाको संख्यालाई आधार मान्दा सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्र विदेशी लगानीकर्ताको प्रमुख रोजाइमा परेको देखिएको छ।

उद्योग विभागका अनुसार जुलाई १७ देखि अगस्ट १६, २०२६ सम्मको अवधिमा स्वीकृत १९१ परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ।

कुल स्वीकृत परियोजनामध्ये १२८ वटा आईसीटी क्षेत्रका छन्। यो कुल परियोजनाको करिब ६७ प्रतिशत हो। आईसीटीतर्फ मात्रै ५६ करोड ९८ लाख ४० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

परियोजनाको संख्यामा आईसीटीपछि पर्यटन क्षेत्र दोस्रो स्थानमा छ। साउनमा पर्यटनतर्फ ३३ वटा परियोजना स्वीकृत भएका छन्। यी परियोजनाका लागि १ अर्ब ६३ करोड ७८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

त्यस्तै, सेवा क्षेत्रमा १९ वटा परियोजना स्वीकृत भएका छन्। सेवा क्षेत्रका परियोजनाका लागि ६८ करोड २० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।

उत्पादनमूलक उद्योगतर्फ ९ वटा परियोजना स्वीकृत हुँदा ८४ करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। ऊर्जा र कृषि तथा वनमा आधारित उद्योगतर्फ भने एक–एक वटा परियोजना स्वीकृत भएका छन्। दुवै क्षेत्रमा २–२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

साउनमा खनिज तथा पूर्वाधार क्षेत्रमा भने कुनै पनि विदेशी लगानी परियोजना स्वीकृत भएनन्।

तथ्यांकले नेपालमा विदेशी लगानीको ठूलो हिस्सा आईसीटी क्षेत्रमा परियोजनाको संख्याका रूपमा केन्द्रित भइरहेको देखाए पनि प्रतिबद्ध लगानी रकममा भने पर्यटन क्षेत्र अगाडि छ। कुल परियोजनामा आईसीटीको हिस्सा करिब ६७ प्रतिशत रहे पनि लगानी प्रतिबद्धतामा पर्यटन क्षेत्रको रकम तुलनात्मक रूपमा बढी छ।

विदेशी लगानीसँग सम्बन्धित अन्य वित्तीय गतिविधि पनि साउनमा भएका छन्। विभागको प्रतिवेदनअनुसार उक्त अवधिमा रोयल्टीतर्फ २४ करोड २१ लाख ९३ हजार ३८० रुपैयाँबराबरको रकम उल्लेख गरिएको छ। अमेरिकी डलरतर्फ भने ६ लाख ३३ हजार ६६६.९७ बराबरको रकम रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.