बिहीबार, भाद्र ४,२०८३ 12:26:18
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 12:26:18
Bizshala
Global IME Bank Limited

बागमती सरकारमा राप्रपाका ३ मन्त्री थपिँदै, ४ बजे सपथको तयारी

बागमती सरकारमा राप्रपाका ३ मन्त्री थपिँदै, ४ बजे सपथको तयारी
New Office

 

काठमाण्डौ । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट तीन जना मन्त्री बन्ने तयारी भएको छ। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको सहमति लगभग टुंगिएको छ भने नयाँ मन्त्रीहरूको सपथग्रहण आज अपराह्न ४ बजे गर्ने तयारी गरिएको छ।

सत्ता साझेदारबीच भएको समझदारीअनुसार नेकपा एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने भएको छ।

राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ मन्त्री बन्ने तयारीमा छन्। उनीहरूले सम्हाल्ने मन्त्रालय भने अन्तिम रूपमा टुंगिन बाँकी रहेको बताइएको छ।

मन्त्री बन्ने तयारीमा रहेका प्रदेशसभा सदस्य राजु विष्टले सपथग्रहण आज अपराह्न ४ बजेका लागि तय भएको बताएका छन्। संसदीय दलबाट निर्णय गरेर सरकारलाई समर्थन गरिएको उनको भनाइ छ।

तर बागमती सरकारमा राप्रपाको सहभागितालाई लिएर पार्टीभित्रै चर्को विवाद देखिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरलाई समर्थन गरेको पत्र प्रदेश प्रमुखसमक्ष पठाएका थिए।

Bizshala
CG Motors

त्यसको प्रतिवादमा राप्रपाकी प्रमुख सचेतक भनिएकी कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै सरकारलाई दिइएको समर्थन पार्टीको आधिकारिक निर्णय नभएको दाबी गरेकी थिइन्।

राप्रपाको केन्द्रीय नेतृत्वले पनि बागमती सरकारलाई पार्टीको आधिकारिक समर्थन नरहेको जनाएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले एक व्यक्तिले दिएको समर्थनलाई सिंगो दलको समर्थन मान्न नमिल्ने बताएका छन्।

उनका अनुसार बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद रहेकाले एक जना सांसद वा संसदीय दलका नेताको एकल निर्णयलाई पार्टीको औपचारिक समर्थनका रूपमा व्याख्या गर्न नमिल्ने अवस्था छ।

पार्टीको केन्द्रीय नीतिविपरीत सरकारलाई समर्थन गरेको आरोपमा राप्रपा नेतृत्वले संसदीय दलका नेता उद्धव थापामाथि कारबाहीको प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको छ। पार्टीले उनलाई स्पष्टीकरण सोधिसकेको बताइएको छ।

तर मन्त्री बन्ने तयारीमा रहेका राजु विष्टले भने सम्भावित कारबाहीबारे आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले कुमारी तामाङ प्रमुख सचेतकबाट यसअघि नै हटिसकेको दाबीसमेत गरेका छन्।

यससँगै बागमतीमा राप्रपा सरकारमा सहभागी हुने तयारी र पार्टीको केन्द्रीय नेतृत्वको असहमति एकैपटक सतहमा आएको छ। एकातिर तीन मन्त्रीको सपथको तयारी भइरहँदा अर्कोतिर सरकारलाई समर्थन गर्ने निर्णयकै वैधानिकता र पार्टी अनुशासनको विषयले राप्रपाभित्रको विवाद थप चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.