बिहीबार, भाद्र ४,२०८३ 02:53:22
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 02:53:22
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकद्वारा कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने सेवा सञ्चालनमा

सिद्धार्थ बैंकद्वारा कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने सेवा सञ्चालनमा
New Office

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकहरूले अनलाइनबाटै खाता खोल्न सक्नेछन् ।

ग्राहकको समय र प्रक्रियागत झन्झटलाई न्यूनीकरण गर्दै बैंकिङ सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रियालाई डिजिटल माध्यमबाट अगाडि बढाउन सकिनेछ । खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा प्रक्रिया पूरा गर्न भने ग्राहकले सक्कली कागजपत्रका साथ आफ्नो नजिकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

Bizshala
CG Motors

यस सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।

यस सेवाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.