आईतवार, आश्विन १८,२०८३ 12:44:43
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 12:44:43
Bizshala
Global IME Bank Limited

बागमतीमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्रीले पाए जिम्मेवारी, ज्ञानबहादुर तामाङ विना विभागीय

Bizshala
बागमतीमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्रीले पाए जिम्मेवारी, ज्ञानबहादुर तामाङ विना विभागीय
New Office

 

काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् विस्तार गर्दै थप मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमध्ये पाँच जनालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने ज्ञानबहादुर तामाङलाई विना विभागीय मन्त्री बनाइएको छ।

नेकपाबाट सरल सहयात्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री बनेका छन्। त्यस्तै भारतबहादुर केसी र ज्ञानबहादुर तामाङ पनि मन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्री भारतबहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राप्रपाबाट मन्त्री बनेका गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक मन्त्रालय सम्हाल्ने भएका छन्। राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

ज्ञानबहादुर तामाङलाई भने तत्काल कुनै मन्त्रालय नतोकी विना विभागीय मन्त्रीका रूपमा राखिएको छ।

यसैगरी, प्रदेश सरकारका दुई महत्वपूर्ण मन्त्रालय भने मुख्यमन्त्री थापाले आफ्नै मातहत राखेका छन्। कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्ने भएका हुन्।

मन्त्रिपरिषद् विस्तारसँगै बागमती प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको सहभागिता थप भएको छ। बाँकी मन्त्रालय तथा विना विभागीय मन्त्रीको जिम्मेवारीबारे भने आगामी निर्णयबाट टुंगो लाग्ने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.