शुक्रबार, भाद्र ५,२०८३ 01:24:59
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 01:24:59
Bizshala
Global IME Bank Limited

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, पदाधिकारी मनोनयनदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, पदाधिकारी मनोनयनदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका शीर्ष नेताहरू वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’ पुग्न थालेका छन्।

बैठक सुरु हुनुअघि पार्टी सभापति रवि लामिछानेसहित विभिन्न केन्द्रीय नेताहरू घण्टी घर पुगेका छन् भने अन्य केन्द्रीय सदस्यहरू पनि आउने क्रम जारी छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीको दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनेछ।

बैठकको महत्वपूर्ण एजेन्डामध्ये स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने विषय रहेको छ। साथै पार्टीले अघि सारेको ‘राइट टु रिकल’ सम्बन्धी अवधारणालाई दस्तावेजीकरण गर्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल गरिनेछ।

Bizshala
CG Motors

साङ्गठनिक व्यवस्थापनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी तथा सचिवालय सदस्य मनोनयनका विषय पनि बैठकको कार्यसूचीमा समेटिएका छन्। त्यसैगरी विभागीय प्रमुखहरूको मनोनयन तथा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन र सदस्य मनोनयनबारे समेत निर्णय हुन सक्ने जनाइएको छ।

रास्वपाले स्थानीय तहमा पार्टी संरचना र उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी बनाउन केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको छ। यसबारे समेत बैठकमा छलफल हुनेछ।

यस्तै, पार्टीको आधिकारिक मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि केन्द्रीय समितिको एजेन्डामा परेको छ।

आजको बैठकलाई आगामी स्थानीय निर्वाचनको तयारी, संगठन विस्तार तथा पार्टीभित्र जिम्मेवारी बाँडफाँटको दृष्टिले महत्वपूर्ण मानिएको छ। विशेषगरी पदाधिकारी तथा अन्य सांगठनिक मनोनयन र उम्मेदवार छनोट प्रणालीबारे हुने निर्णयलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.