मंगलवार, आश्विन १३,२०८३ 08:47:41
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:47:41
Bizshala
Global IME Bank Limited

रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित, अब सांसदको टोली मात्रै जाने

Bizshala
रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित, अब सांसदको टोली मात्रै जाने
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण हाललाई स्थगित भएको छ।

उच्च स्रोतका अनुसार यसअघि अगस्टको दोस्रो साताका लागि तय गरिएको भ्रमण एक महिना पछि सारिएको थियो। तर, सेप्टेम्बरको दोस्रो सातामा पनि लामिछाने चीन नजाने भएका हुन्।

अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने तयारी भएको स्रोतले जनाएको छ।

भारत भ्रमणपछि लामिछानेले चीन जाने कार्यक्रम बनाइएको थियो। तर, विभिन्न कारणले भ्रमणको कार्यतालिका परिवर्तन हुँदै आएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकारी स्रोतका अनुसार लामिछानेले भविष्यमा उपयुक्त समयमा चीन भ्रमण गर्नेछन्। यद्यपि नयाँ मिति भने अहिलेसम्म तय भइसकेको छैन।

यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा उनले भारतीय पक्षसँग उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ।

लामिछानेको चीन भ्रमण स्थगित भएसँगै अब रास्वपाको चीन भ्रमण सांसदस्तरीय टोलीमा सीमित हुने भएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.