मंगलवार, आश्विन १३,२०८३ 09:29:50
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:29:50
Bizshala
Global IME Bank Limited

२३ वर्षीया पाइलटले समुद्रमा गरिन् आपत्कालीन अवतरण

Bizshala
२३ वर्षीया पाइलटले समुद्रमा गरिन् आपत्कालीन अवतरण
New Office

काठमाण्डौ। अमेरिकाको फ्लोरिडास्थित बोका राटोनको साउथ बिच पार्कनजिकै २३ वर्षीया पाइलट फेथ ट्याङ्कलीले एकल इन्जिन भएको विमान एटलान्टिक महासागरमा आपत्कालीन अवतरण गराएकी छन्। घटनामा उनी सकुशल रहेकी छन्।

शनिबार समुद्रकिनारमा सर्वसाधारणको बाक्लो उपस्थितिका बीच विमानमा इन्जिनसम्बन्धी समस्या आएपछि ट्याङ्कलीले विमानलाई समुद्रमा अवतरण गराएकी हुन्। प्रत्यक्षदर्शीहरूले विमान समुद्रतर्फ क्रमशः तल झर्दै गरेको देखेका थिए। विमानले समुद्रकिनारमा रहेका भवन तथा मानिसहरूलाई जोगाउँदै पानीमा अवतरण गरेको बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमान समुद्रतर्फ तल झर्दै गरेको र त्यसपछि पानीमा अवतरण गरेको देखिन्छ। विमान पानीमा अवतरण गरेपछि ट्याङ्कली आफैं बाहिर निस्किएकी थिइन्। केही मिनेटमै स्थानीय बासिन्दा, उद्धारकर्मी तथा आपत्कालीन सेवाका टोली घटनास्थलमा पुगेर उनलाई पानीबाट बाहिर ल्याएका थिए। घटनास्थलमै स्वास्थ्य परीक्षण गरिएपछि उनी घाइते नभएको पुष्टि भएको थियो।

ट्याङ्कलीले आफ्नो परिवारको पाइपर पीए३० विमानमार्फत फोर्ट मायर्सबाट बहामासमा रहेका आफ्ना अभिभावकलाई लिन करिब १५० माइलको यात्रा गर्ने योजना बनाएकी थिइन्। उडानका क्रममा इन्जिनमा समस्या देखिएपछि उनले तत्काल समुद्रमा अवतरण गर्ने निर्णय लिएकी हुन्।

स्थानीय अधिकारीहरूले ट्याङ्कलीले देखाएको सूझबुझपूर्ण निर्णयको प्रशंसा गरेका छन्। विशेषगरी उनले विमानलाई समुद्रकिनारमा रहेका भीडभाड भएका क्षेत्रमा जान नदिई पानीतर्फ मोडेका कारण जमिनमा हुन सक्ने ठूलो दुर्घटना तथा मानवीय क्षति टरेको अधिकारीहरूको भनाइ छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.