मंगलवार, भाद्र ९,२०८३ 04:18:29
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 04:18:29
Bizshala
Global IME Bank Limited

फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएका बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार

फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएका बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार
New Office

काठमाण्डौ । फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ ।

आइतबार राती अक्सिजन सपोर्टमै एम्बुलेन्स मार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएका बारा कलैयाका ७ वर्षीय बालकको नभिर्कमा सफल उपचार गरिएको हो । अस्पतालमा गम्भीर अवस्थामा आइपुगेका बालकलाई आइतबार राती नै आकस्मिक कक्षबाट आइसीयुमा लगेर उपचार प्रक्रिया सुरु गरिएको थियो ।

नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्ट एण्ड क्रिटिकल केयर स्पेसलिस्ट डा.अच्युतभक्त आचार्य नेतृत्वको चिकित्सकटोलीले सोमबार बिहान ब्रोङ्कोस्कोपी मार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालेका हुन् ।

उपचारमा संलग्न डा.आचार्यका अनुसार बालकको फोक्सोको देब्रे तर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वासनली नै बन्द भएको थियो । इमलीको दाना निकालेपछि बालकको स्वास्थ्यमा सुधार हुँदै गएको डा आचार्यले जानकारी दिए ।

‘इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रेभागले काम गर्नै छाडेको र सेतो भइसकेको थियो । बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,’ डा आचार्यले भन्नुभयो, ‘सोमबार बिहान अड्किएको इमिलिको दाना लिकालेपछि बालकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । संक्रमण भएर सेतो भइसकेको फोक्सोको देब्रेभाग ठिक हुँदै गएको छ ।’

बालकका बुबा (बिरामीको गोपनियतालाई ध्यानमा राख्दै नाम उल्लेख नगरिएको) का अनुसार शुक्रबार साँझ ७ बजे बालकले राम्रैसँग खाना खाए । सुत्ने समयमा बुबाआमासँग राम्रोसँग कुराकानी पनि गरेका थिए । तर, रातको साढे १० बजेतिर बालकलाई अत्यधिक खोकी लाग्यो । तीन पटकसम्म खोकेपछि बालकले सासफेर्न गाह्रो माने, आँखा पल्टाए र एकैछिनमा अर्धबेहोश अवस्थामा पुगे ।

Bizshala
CG Motors

बालकलाई तुरुन्तै बाराको कलैयामा रहेको सरकारी अस्पतालमा लगियो ।  तत्काल अक्सिजन दिइयो । तर अक्सिजन लेभल ४०÷५० मात्र देखियो । उक्त अस्पतालले बालकलाई भेन्टिलेटरमा राख्नुपर्ने र भेन्टिलेटरको सुविधा नभएको भन्दै शुक्रबार राती ११ बजे अर्को अस्पतालमा रेफर गर्यो । त्यतिबेलासम्म बालक बोल्नै छाडिसकेका थिए ।

बालकलाई कलैयाकै अर्को निजी अस्पतालमा सारियो र भेन्टिलेटरमा राखियो । तर बालकको स्वास्थ्यमा सुधार नभएको देखेपछि बालकका बुबाले अर्को अस्पताल लैजाने निर्णय गरे । रेफर गर्नुअघि उक्त अस्पतालले छातीको एक्सरे गर्यो । रिपोर्टमा बालकको फोक्सोको देब्रेभाग सेतो भइसकेको थियो । त्यहाका चिकित्सकले कडा निमोनिया भएको बताए ।

शनिबार बेलुका विरगञ्जको तेस्रो अस्पतालमा पुर्‍याए । त्यहा बालकलाई आइसियुमा राखियो । बालक केही बोल्न सक्ने भए । तर, आइतबार दिउँसोसम्म बालकको फोक्सोमा समस्या देखिनुको कारण पत्ता लागिसकेको थिएन । एक्सरे रिपोर्टमा फोक्सोको देब्रेभाग निमोनिया भएर ड्यामेज हुँदै गएको देखिएको चिकित्सकहरुले बताए ।

निमोनियाको कारण पत्ता लगाउन आइरबार बेलुका  सिटीस्क्यान गर्दा बल्ल समस्या पत्ता लाग्यो । सिटीस्क्यानमा फोक्सोको देब्रेभागको श्वासनलीमा  दानाजस्तो वस्तु देखियो । चिकित्सकहरुले स्वासनलीमा बाह्रय वस्तु अड्किएको देखेपछि थप उपचारका लागि  विरगञ्जबाट काठमाडौं रेफर गरेका थिए ।  

बालकलाई विरगञ्जदेखि अक्सिजन सपोर्टमै राखेर ४ घण्टामा काठमाण्डौ ल्याइयो र आइतबार राती नर्भिकमा भर्ना गरियो । ‘आफन्तहरुसँग सल्लाह गर्दा नर्भिकमा उपचार हुन्छ भनेपछि आइतबार राती नर्भिकको आकस्मिक कक्षमा लिएर आयौ,’ बालकका बुबाले भने ।

बिरामी कुरुवा क्षेत्रमा बसिरहेका बालकका बाबुले अब भने छोरालाई निको हुने आसा जागेको बताउनुभयो । ‘शुक्रबारदेखि ३ वटा अस्पताल धायौं, बल्ल उपचार गरेर अहिले बाबु होशमा आइसक्यो,’ उनले भने,  ‘अहिले बोल्नसक्ने भयो, अब त ठिक हुन्छ, बल्ल ढुक्क भएका छौं  ।’

उपचारपछि बोल्न थालेका बालकले बल्ल आफ्नो बुबालाई आफूले शुक्रबार दिउँसो नै इमली खाएको बताएका छन् साथै आफ्नो बुबालाई ‘छिट्टै घर लैजानु’ भनेको बालकको बुबाले जानकारी दिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X