बुधबार, भाद्र १०,२०८३ 06:06:11
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 06:06:11
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपीडितका लागि रास्वपाले राहत कोषमा एकमुस्ट रकम दिने

रकम टुंग्याउन आकस्मिक बैठक बस्दै, सांसदले छुट्टाछुट्टैभन्दा सामूहिक रूपमा सरकारलाई सघाउने

रसुवा बाढीपीडितका लागि रास्वपाले राहत कोषमा एकमुस्ट रकम दिने
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा बाढी प्रभावितका लागि राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ।

राहत कोषमा कति रकम उपलब्ध गराउने भन्ने निर्णय गर्न पार्टीको आकस्मिक बैठक बस्न लागेको सभापति रवि लामिछानेले प्रतिनिधिसभामा जानकारी दिएका छन्।

रसुवा बाढीबारे संसद्मा बोल्दै लामिछानेले विपद्को घडीमा पार्टी र सांसदहरू छुट्टाछुट्टै रूपमा नभई संस्थागत र सामूहिक रूपमा सरकारलाई सहयोग गर्ने तयारीमा रहेको बताए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ,’ लामिछानेले भने।

उनका अनुसार रास्वपाका सांसदहरूले पनि व्यक्तिगत रूपमा फरक–फरक घोषणा गर्नुभन्दा आपत्कालीन अवस्थामा सरकारलाई कसरी प्रभावकारी रूपमा सघाउन सकिन्छ भन्ने विषयमा सामूहिक निर्णय गर्नेछन्।

यसअघि रास्वपा सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा आफ्नो दुई महिनाको तलबभत्ता जम्मा गर्ने घोषणा गरिसकेकी छन्।

रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीलगायत क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ।

बाढीपछि विभिन्न स्थानमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला राजनीतिक दल तथा संघसंस्थाबाट राहत कोषमा सहयोग घोषणा हुन थालेको हो।

रास्वपाले पार्टीगत रूपमा उपलब्ध गराउने रकम आकस्मिक बैठकबाट टुंगो लगाएर राहत कोषमा एकमुस्ट जम्मा गर्ने तयारी गरेको छ।

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.