मंगलवार, आश्विन १३,२०८३ 11:03:17
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:03:17
Bizshala
Global IME Bank Limited

हवाई ट्राफिक बढेपछि सरकार कडा, समन्वयबिना हेलिकप्टर उडाउन रोक

Bizshala
हवाई ट्राफिक बढेपछि सरकार कडा, समन्वयबिना हेलिकप्टर उडाउन रोक
New Office

काठमाण्डौ । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर सञ्चालन नगर्न निर्देशन दिएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहतका लागि निजी हेलिकप्टरहरूको उडान बढेपछि हवाई ट्राफिक व्यवस्थापन र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सरकारी समन्वयमा मात्रै हेलिकप्टर सञ्चालन गर्न भनिएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै हेलिकप्टरमार्फत गरिने खोज तथा उद्धारलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ।

प्रभावित क्षेत्रमा आवश्यकता र समन्वयबिना हेलिकप्टर सञ्चालन हुँदा एकै क्षेत्रमा धेरै उडान केन्द्रित भएर हवाई ट्राफिक बढ्न सक्ने र त्यसले दुर्घटनाको जोखिम बढाउने सरकारको निष्कर्ष छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राधिकरणले हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगबाट उडान सञ्चालन गर्नुपर्ने जनाएको छ।

नेपाली सेनाको हेलिकप्टर आवश्यक परे जिल्ला सुरक्षा समितिले सम्बन्धित जिल्लामा परिचालित सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ।

त्यसैगरी निजी हेलिकप्टर आवश्यक परेको अवस्थामा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल उडानको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

निजी हेलिकप्टर व्यवस्थापनका लागि हेली एभरेस्टका सचित अर्याल, अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकिएको छ।

सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धारलाई तीव्र बनाउनु आवश्यक भए पनि उडान सुरक्षा र समन्वयलाई बेवास्ता गर्न नमिल्ने स्पष्ट पारेको छ।

जथाभाबी उडान हुँदा हुनसक्ने सम्भावित दुर्घटना, हवाई ट्राफिकको चाप र अन्य प्राविधिक जोखिम न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.