विद्युत् महसुलमा लगाइएको भ्याट तत्काल फिर्ता लिन महासंघको माग
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रका लागि आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह तथा समग्र व्यावसायिक प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर परेको...

