मंगलवार, कार्तिक ३,२०८३ 03:29:26
  • मंगलवार, कार्तिक ३,२०८३ 03:29:26
Global IME Bank Limited

बाढीपछि रसुवामा हैजाको जोखिम, २१ हजार डोज खोप पठाइयो

डब्लुएचओको सहयोगमा खोप उपलब्ध, नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइयो

Bizshala
बाढीपछि रसुवामा हैजाको जोखिम, २१ हजार डोज खोप पठाइयो
New Office

 

 

काठमाण्डौ । विनाशकारी बाढी तथा पहिरोपछि रसुवामा हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेपछि सरकारले हैजाविरुद्धको २१ हजार डोज खोप प्रभावित क्षेत्रमा पठाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत रसुवा पुर्‍याइएको हो।

बाढीका कारण खानेपानीका मुहान, पाइपलाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेपछि दूषित पानीका कारण हैजा, झाडापखाला तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

यसैलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न आवश्यक खोप, औषधि, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, स्वास्थ्यकर्मी परिचालन गर्ने, रोग निगरानी बढाउने तथा सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने काम तीव्र पारिएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

बाढीपछि विस्थापित नागरिक अस्थायी शिविर तथा सामूहिक बसोबासमा रहनुपरेको अवस्थामा स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्य सेवामा समस्या देखिए पानीजन्य रोग तीव्र रूपमा फैलिन सक्ने जोखिम रहन्छ।

त्यसैले प्रभावित क्षेत्रमा हैजाको सम्भावित संक्रमण रोक्न खोपसँगै पानी शुद्धीकरण, सरसफाइ, रोग निगरानी र बिरामीको शीघ्र उपचारलाई समेत समान प्राथमिकता दिनुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

सरकारले हाल पठाएको २१ हजार डोज खोपलाई उच्च जोखिममा रहेका प्रभावित क्षेत्र तथा समुदायलाई प्राथमिकताका आधारमा प्रयोग गर्ने तयारी गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.