मंगलवार, भाद्र ३०,२०८३ 07:24:51
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 07:24:51
Bizshala
Global IME Bank Limited

त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

थप ८ पुल मर्मतको तयारीमा, मर्मत नै सम्भव नभएका ३३ पुल पुनर्निर्माणका लागि बोलपत्र आह्वान

त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुलहरूको मर्मत र पुनर्निर्माण कार्य सरकारले तीव्र बनाएको छ।

क्षतिग्रस्त पुलमध्ये १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भइसकेको छ। ती पुललाई असोज २० गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो।

मर्मत सुरु भएका पुलमध्ये धादिङका कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार–क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल छन्।

त्यसैगरी नुवाकोट र धादिङ जोड्ने केउरेनी–गहते, पिमलटार–जागाराम, कोतपु–कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ।

Shivam Cement
Bizshala
CG Motors

गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलमा पनि मर्मत कार्य अघि बढेको छ।

सरकारले यी सबै पुललाई असोज २० गतेभित्र सञ्चालनयोग्य बनाउने गरी काम तीव्र पारेको जनाएको छ।

यसका साथै बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुल मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पनि अघि बढाइएको छ।

मर्मतका लागि आवश्यक डेकलगायत सामग्री खरिद गर्न विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ। पहिलो चरणका सामग्री कार्यस्थलमा पुगिसकेका छन् भने दोस्रो चरणमा आवश्यक स्टिल पार्ट्स खरिद प्रक्रिया पनि अघि बढाइएको छ।

तर, बाढीले कतिपय पुलमा यति ठूलो क्षति पुर्‍याएको छ कि मर्मतबाट मात्रै सञ्चालनमा ल्याउन सम्भव छैन।

Muktinath Bikas Bank Limited

सरकारका अनुसार त्रिशूली–मुग्लिन करिडोरमा मर्मत नै गर्न नसकिने गरी क्षतिग्रस्त ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माण गर्नुपर्ने भएको छ।

ती पुल पुनर्निर्माणका लागि भदौ १७ गते नै बोलपत्र आह्वान गरिएको छ।

पुल निर्माण तथा मर्मतका लागि आवश्यक पर्ने लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका अत्यावश्यक सामग्री खरिदका लागि समेत बोलपत्र आह्वान गरिएको छ।

भोटेकोशी बाढीपछि पुल क्षतिग्रस्त हुँदा करिडोरका विभिन्न बस्तीबीच आवतजावत प्रभावित भएको छ। त्यसैले सरकारले तत्काल सञ्चालनमा ल्याउन सकिने पुललाई मर्मतमार्फत छिटो खोल्ने र गम्भीर रूपमा क्षति भएका पुललाई नयाँ संरचनाका रूपमा पुनर्निर्माण गर्ने दुई तहको रणनीति अपनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.