मंगलवार, आश्विन १३,२०८३ 08:54:37
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:54:37
Bizshala
Global IME Bank Limited

त्रिशूलीको भीषण बाढीले मैलुङ खोला जलविद्युत् आयोजना ध्वस्त, कर्मचारीको अवस्थासमेत अज्ञात

Bizshala
त्रिशूलीको भीषण बाढीले मैलुङ खोला जलविद्युत् आयोजना ध्वस्त, कर्मचारीको अवस्थासमेत अज्ञात
New Office

काठमाडौं। त्रिशूली नदीमा आएको अप्रत्याशित भीषण बाढीले ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत् गृह पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।

मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गराएको जानकारीअनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे त्रिशूली नदीमा आएको बाढी आयोजनामा पसेको थियो। बाढीले विद्युत् गृहमा गम्भीर क्षति पुर्‍याएपछि आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको कम्पनीले जनाएको छ।

आयोजना रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ मा सञ्चालित छ। कम्पनीका अनुसार बाढीबाट आयोजनाको भौतिक संरचनामा कति क्षति पुगेको छ भन्ने विस्तृत विवरण अझै आइसकेको छैन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

झन् चिन्ताजनक विषय, जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीहरूको अवस्थासमेत अज्ञात रहेको कम्पनीले जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रमा उत्पन्न प्रतिकूल परिस्थितिका कारण कर्मचारीसँग सम्पर्क स्थापित हुन नसकेको संकेत कम्पनीको पत्रबाट देखिन्छ।

कम्पनीका महाप्रबन्धक विनय चिपालुले भदौ ११ गते नेप्सेलाई पत्राचार गर्दै आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएको, विद्युत् उत्पादन रोकिएको र कर्मचारीहरूको अवस्था अज्ञात रहेको जानकारी गराएका हुन्।

कम्पनीले उक्त जानकारी नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ, विद्युत् विकास विभाग, विद्युत् नियमन आयोग, कम्पनी रजिस्ट्रारको कार्यालय, ग्लोबल आइएमई क्यापिटल र एनएमबि बैंकलाई समेत पठाएको छ।

आयोजनामा पुगेको क्षतिको विस्तृत मूल्यांकन, पुनर्निर्माणमा लाग्ने समय तथा वित्तीय दायित्वबारे कम्पनीले थप विवरण सार्वजनिक गर्न बाँकी छ। उत्पादन पूर्णरूपमा बन्द भएपछि कम्पनीको आम्दानी र आगामी वित्तीय अवस्थामा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.