Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 07:13:48
Bizshala
Global IME Bank Limited

सानिमा बैंकले घोषणा गर्‍यो १०% नगद लाभांश,अग्राधिकार सेयरधनीले ८.२५% मात्रै पाउने

सानिमा बैंकले घोषणा गर्‍यो १०% नगद लाभांश,अग्राधिकार सेयरधनीले ८.२५% मात्रै पाउने
New Office

काठमाडौं। सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले सञ्चित मुनाफाबाट हाल कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो।

बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ छ। प्रस्तावित लाभांशअनुसार साधारण सेयरधनीले कुल १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश पाउनेछन्।

Bizshala
CG Motors

त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा समानुपातिक रूपमा करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ छ।

अग्राधिकार सेयरधनीका लागि ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ लाभांश छुट्याइएको छ। यस आधारमा बैंकले साधारण र अग्राधिकार सेयरधनीलाई गरी कुल १ अर्ब ४१ करोड ५ लाख ९० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले लाभांश पाउनेछन्।

सानिमा बैंकले हाल सातै प्रदेशमा रहेका १३४ कार्यालय तथा १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.