Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 10:30:25
Bizshala
Global IME Bank Limited

बाढीबाट प्रताडित नेपाललाई ट्रम्पको आश्वासन, ‘आवश्यक सहयोग गर्न तत्पर छौं’

बाढीबाट प्रताडित नेपाललाई ट्रम्पको आश्वासन, ‘आवश्यक सहयोग गर्न तत्पर छौं’
New Office

काठमाण्डौ । रसुवा जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीपहिरोपछि अमेरिकाले नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँग सम्पर्कमा रहेको उल्लेख गर्दै विपदमा परेको नेपाललाई आवश्यक सहयोग गर्न वासिङ्टन तयार रहेको बताएका छन्।

ट्रम्पले बाढीले पुर्याएको क्षति असाधारण रहेको बताउँदै शक्तिशाली भेलमा माटो र पानी मिसिएर ठूला तथा मजबुत संरचनासमेत बगाएको उल्लेख गरे। उनले नेपालसँग अमेरिकाको राम्रो सम्बन्ध रहेको बताउँदै नेपालले आवश्यक ठानेको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे पनि अमेरिकी सरकारले खोजी तथा उद्धारलाई प्राथमिकता दिएको छ। राष्ट्रपति ट्रम्पले प्रभावित क्षेत्रमा करिब ५० देखि ६० जना अमेरिकी नागरिक रहेको हुनसक्ने बताए पनि उनीहरूको पूर्ण विवरण प्राप्त भइनसकेको बताएका छन्।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार अमेरिकी विदेश मन्त्रालयले बाढीपछि ९० जना अमेरिकी नागरिक सम्पर्कविहीन रहेको जनाएको छ।

Bizshala
CG Motors

पूर्व ह्वाइट हाउस प्रेस सचिव करोलिन लेभिटले अमेरिकी नागरिकको सुरक्षा प्रशासनको तत्कालीन प्राथमिकता रहेको बताइन्। उनले उद्धार सम्भव भएका सबै अमेरिकी नागरिकलाई सुरक्षित रूपमा उद्धार गर्न प्रयास जारी रहने बताइन्।

अमेरिकी विदेश मन्त्रालयले विपद्को अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। राहत तथा उद्धार कार्यमा सहयोग गर्न अमेरिकाले एक विपद् प्रतिक्रिया सल्लाहकारसमेत प्रभावित क्षेत्रमा पठाएको छ।

अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकम बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहयोगमा प्रयोग गरिने जनाइएको छ।

अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाहरूका परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ।

काठमजाण्डौस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा सहयोगका लागि स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।

बाढीबाट प्रभावित नेपालमा रहेका अमेरिकी नागरिकलाई तत्काल सहायता आवश्यक परे अमेरिकी दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै प्रभावित क्षेत्रमा रहेका नागरिकलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न, स्थानीय सञ्चारमाध्यमबाट पछिल्लो सूचना लिन तथा आपत्कालीन सूचना प्राप्त गर्न स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राममा आबद्ध हुन अमेरिकी विदेश मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.