Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 02:28:44
Bizshala
Global IME Bank Limited

अपर त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार तीव्र, डेडिकेटेड हेलिकप्टर परिचालन

अपर त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार तीव्र, डेडिकेटेड हेलिकप्टर परिचालन
New Office

 

 काठमाण्डौ । अपर त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुर तथा अन्य व्यक्तिको उद्धारलाई तीव्र बनाउन सरकारले डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण स्थलमार्गबाट उद्धारमा समस्या भएपछि हवाई माध्यमलाई समेत प्राथमिकतामा राखिएको हो।

सुरुङभित्र रहेका व्यक्तिको उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक उपकरण तथा उद्धार सामग्रीसहित थप टोली घटनास्थलमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

अपर त्रिशूली क्षेत्रमा बिहीबार मात्रै ३५० जनाको उद्धार गरिएको थियो। शुक्रबार सुरुङभित्रबाट थप दुई जनालाई सकुशल उद्धार गरिएको प्राधिकरणले जानकारी दिएको छ।

Bizshala
CG Motors

बाढी र पहिरोपछि आयोजनास्थल आसपासको भूगोल अत्यन्त जोखिमपूर्ण बनेको छ। सडक तथा पहुँचमार्ग अवरुद्ध भएका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न र आवश्यक सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको छ।

यही अवस्थालाई ध्यानमा राख्दै सुरुङमा फसेकाको उद्धारका लागि छुट्टै हेलिकप्टर परिचालन गरिएको हो। उद्धार कार्यसँगै सुरुङभित्र अझै रहेका व्यक्तिको अवस्था पहिचान गर्ने र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।

प्रतिकूल वातावरण र दुर्गम भूगोलका बाबजुद उद्धार कार्यलाई निरन्तरता दिइएको र आवश्यकताअनुसार थप जनशक्ति तथा सामग्री परिचालन गरिने बताइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.