मंगलवार, आश्विन १३,२०८३ 07:14:29
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:14:29
Bizshala
Global IME Bank Limited

बाढीपहिरो प्रभावित नेपाललाई चीनको आपत्कालीन सहयोग, दुई वाई–२० विमान काठमाण्डौमा अवतरण

Bizshala
बाढीपहिरो प्रभावित नेपाललाई चीनको आपत्कालीन सहयोग, दुई वाई–२० विमान काठमाण्डौमा अवतरण
New Office

काठमाण्डौ । विनाशकारी बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले आपत्कालीन राहत सामग्री र उद्धार विशेषज्ञ टोली पठाएको छ।

चिनियाँ वायुसेनाका दुईवटा वाई–२० सैन्य विमान आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमार्फत नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यक पर्ने राहत सामग्री तथा उद्धार कार्यका लागि अत्यावश्यक उपकरण ल्याइएको छ।

विमानस्थलमा आयोजित विशेष समारोहबीच नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरे। नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन तथा संघीय संसद् सदस्य धर्म केसी विमानस्थल पुगेर सामग्री ग्रहण गरेका थिए। सो अवसरमा उनीहरूले नेपाल आएका चिनियाँ उद्धार विज्ञहरूको स्वागतसमेत गरे।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा सयौँ मानिस फसेको तथा केही सम्पर्कविहीन भएको विवरण सार्वजनिक भइरहेका बेला चीनले चार जना सुरुङ उद्धार विशेषज्ञ नेपाल पठाएको छ।

विशेषज्ञ टोलीसँग सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणहरू समेत ल्याइएको छ। कठिन भौगोलिक अवस्थाका कारण चुनौतीपूर्ण बनेको उद्धार अभियानमा चिनियाँ विशेषज्ञको प्राविधिक सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

चिनियाँ राजदूत जाङ माओमिङले विपद्को यस कठिन घडीमा चीन नेपालसँगै रहेको बताउनुभयो। चीनबाट प्राप्त राहत सामग्री तथा प्राविधिक सहयोगले बाढीपहिरो प्रभावित नागरिकको जीवनरक्षा तथा राहत कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

मन्त्री महावीर पुनले संकटको समयमा छिमेकी मुलुक चीनले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे। विशेषगरी सुरुङ उद्धार विशेषज्ञसहित अत्याधुनिक उपकरण पठाएर प्राविधिक सहयोग गरेकोमा उहाँले चीन सरकारलाई धन्यवाद दिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.