बेलायतका प्रधानमन्त्री स्टार्मर चीन भ्रमणमा, सम्बन्धलाई पुनः सुदृढ बनाउने प्रयास
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। सन् २०१८ पछि चीन भ्रमण गर्ने उनी पहिलो बेलायती प्रधानमन्त्री हुन्। प्रधानमन्त्री स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।यस भ्रमणमा प्रधानमन्त्री स्टार्मरसँग करिब ६० जना बेलायती व्यवसायिक तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू...

