मंगलवार, कार्तिक ३,२०८३ 02:36:06
  • मंगलवार, कार्तिक ३,२०८३ 02:36:06
Global IME Bank Limited

चीनको केन्द्रीय बैंकद्वारा लगातार १५औँ महिना सुन खरिद

Bizshala
चीनको केन्द्रीय बैंकद्वारा लगातार १५औँ महिना सुन खरिद
New Office

काठमाण्डौ । चीनको केन्द्रीय बैंक (पिपुल्स बैंक अफ चाइना(पीबीओसी) ले जनवरी महिनामा पनि सुन खरिदलाई निरन्तरता दिएको छ। शनिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार बैंकले लगातार १५औँ महिनासम्म सुन खरिद गरेको हो।

जनवरीको अन्त्यसम्म चीनको सुन भण्डारण ७४.१९ मिलियन फाइन ट्रोय औंस पुगेको छ, जुन अघिल्लो महिनाको ७४.१५ मिलियन औंसभन्दा बढी हो। यससँगै चीनको सुन भण्डारको कुल मूल्य पनि उल्लेखनीय रूपमा बढ्दै जनवरीको अन्त्यसम्म ३६९.५८ अर्ब अमेरिकी डलर पुगेको छ। अघिल्लो महिना यो मूल्य ३१९.४५ अर्ब डलर रहेको थियो।

राजनीतिक तथा आर्थिक जोखिमबाट जोगिने सुरक्षित लगानीका रूपमा लिइने सुनले जनवरीमा तीव्र सट्टेबाजीका कारण असाधारण उतार–चढाव देखायो। यस क्रममा सुनको मूल्य प्रतिऔंस करिब ५ हजार ६०० अमेरिकी डलरसम्मको ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

तर जनवरीको अन्त्यतिर अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को आगामी अध्यक्षका रूपमा केभिन वार्शको नामांकन भएपछि सुनको मूल्यमा तीव्र गिरावट आयो। सोमबारसम्म सुनको मूल्य घटेर प्रतिऔंस ४ हजार ४०३.२४ डलरसम्म झरेको थियो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन ४,९६६ डलर प्रतिऔंसमा कारोबार भइरहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, चीनको कुल सुन उपभोग भने सन् २०२५ मा दोस्रो वर्ष लगातार घटेको छ। चीन गोल्ड एसोसिएसनका अनुसार सुन उपभोग ३.७५ प्रतिशतले घट्दै ९५० मेट्रिक टनमा सीमित भएको छ।

तर सुरक्षित लगानीको रूपमा लिइने सुनका बार र सिक्काको खरिद भने उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मा यस्ता खरिद ३५.१४ प्रतिशतले वृद्धि भई कुल सुन उपभोगको आधाभन्दा बढी हिस्सा ओगटेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.