मंगलवार, फाल्गुन ५,२०८२ 03:22:02
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:22:02
Bizshala
Global IME Bank Limited

बेलायतका प्रधानमन्त्री स्टार्मर चीन भ्रमणमा, सम्बन्धलाई पुनः सुदृढ बनाउने प्रयास

बेलायतका प्रधानमन्त्री स्टार्मर चीन भ्रमणमा, सम्बन्धलाई पुनः सुदृढ बनाउने प्रयास
Shivam Cement

काठमाण्डौ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। सन् २०१८ पछि चीन भ्रमण गर्ने उनी पहिलो बेलायती प्रधानमन्त्री हुन्। प्रधानमन्त्री स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यस भ्रमणमा प्रधानमन्त्री स्टार्मरसँग करिब ६० जना बेलायती व्यवसायिक तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्। प्रतिनिधिमण्डलमा एचएसबीसी बैंक, औषधि कम्पनी जीएसके, जगुआर ल्यान्ड रोभर तथा नेशनल थिएटरका प्रतिनिधिहरू समावेश छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बेलायती सरकारले चीनसँगका सम्बन्धलाई पुनः सुदृढ बनाउने प्रयासस्वरूप यस भ्रमणलाई हालसम्मकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक कदमका रूपमा लिएको छ।

यद्यपि, आलोचकहरूले चीनको राजनीतिक सोच फरक रहेको र त्यसमाथि पूर्ण रूपमा भरोसा गर्न नसकिने बताउँदै चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राख्दा बेलायतले अझ सतर्कता अपनाउनुपर्ने धारणा राखेका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री स्टार्मरसँग चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा मानवअधिकार उल्लङ्घनका विषय उठाइने वा नउठाइने भन्ने प्रश्नमा उनले ‘जहाँ हित र मूल्यमान्यतामा भिन्नता छ, त्यस्ता विषयहरू उठाइने’ प्रतिक्रिया दिएका छन्।

चीनमाथि उत्तर–पश्चिमी क्षेत्र शिनजियाङमा उइगर समुदाय तथा अन्य मुस्लिम जातीय समूहविरुद्ध मानवअधिकार उल्लङ्घन गरेको आरोप लाग्दै आएको छ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.