लण्डनको हिथ्रो विमानस्थल बन्द, यस्तो छ कारण
काठमाण्डौ । लन्डनको हिथ्रो एयरपोर्ट बन्द गरिएको छ । बिजुली आपूर्ति गर्ने नजिकैको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि उक्त विमानस्थल २४ घण्टाका लागि बन्द गरिएको हो।विमानस्थलबाट जारी विज्ञप्तिमा आगलागीले विमानस्थलमा विद्युत अवरोध भएको जनाइएको छ। विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रो २१ मार्च २३ः५९ सम्म बन्द रहनेछ।’