बिहीबार, श्रावण १४,२०८३ 09:41:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:41:40
Bizshala
Global IME Bank Limited

चीनद्वारा भारतमा रेयर अर्थ म्याग्नेट निर्यातका लागि लाइसेन्स दिन सुरु

चीनद्वारा भारतमा रेयर अर्थ म्याग्नेट निर्यातका लागि लाइसेन्स दिन सुरु
New Office

काठमाण्डौ । चीनले भारतीय कम्पनीहरू र भारतमा सञ्चालनमा रहेका विदेशी कम्पनीहरूलाई रेयर अर्थ म्याग्नेट निर्यात गर्न लाइसेन्स जारी गर्न थालेको छ। सरकारी अधिकारीहरूका अनुसार चीनको वाणिज्य मन्त्रालयले प्राप्त आवेदनहरू प्रक्रिया गर्दै स्वीकृति दिन सुरु गरेको हो।

पछिल्लो केही समयदेखि यी महत्वपूर्ण कच्चा पदार्थको आपूर्ति अवरुद्ध हुँदा भारतीय अटोमोबाइल तथा इलेक्ट्रोनिक्स उद्योगमा गम्भीर चिन्ता उत्पन्न भएको थियो। अहिले लाइसेन्स प्रक्रिया सुरु भएसँगै अवस्था क्रमशः सामान्य हुने अपेक्षा गरिएको छ।

लाइसेन्स प्राप्त गर्ने कम्पनीहरूमा जय उशिन, जर्मन अटो कम्पोनेन्ट निर्माता कन्टिनेन्टल एजी का भारतीय युनिटहरू, महिन्द्रा र मारुति सुजुकीका भेन्डरहरू, साथै होन्डा स्कुटर एण्ड मोटरसाइकलका सप्लायर्स समावेश छन्। अधिकारीहरूका अनुसार यो प्रक्रिया हाल प्रारम्भिक चरणमा भए पनि उद्योगले राहतको सास फेरेको छ।

रेयर अर्थ म्याग्नेट अटोमोबाइल, इलेक्ट्रोनिक्स, मेडिकल उपकरण तथा रक्षा उद्योगका लागि अत्यन्तै आवश्यक हुन्छन्। विशेषगरी विद्युतीय सवारीसाधनका मोटरहरूमा यसको प्रयोग अत्यधिक हुन्छ।

हाल चीन विश्वभर रेयर अर्थ म्याग्नेटको उत्पादन र क्षमतामा अग्रणी स्थानमा छ। गत ४ अप्रिलदेखि चीनले यी म्याग्नेटको निर्यातमा कडाइ गरेपछि विश्वव्यापी आपूर्ति शृंखला प्रभावित भएको थियो।

रेयर अर्थ मटेरियलको प्रयोग विशेष गरी ईभीहरूमा हुने परमानेंट म्याग्नेट इलेक्ट्रिक मोटर का लागि गरिन्छ। नियोडिमियम, डिस्प्रोसियम र टेरबियमजस्ता तत्वबाट बनेका यी म्याग्नेटहरूले मोटरलाई सानो, हल्का र बढी प्रभावकारी बनाउँछन्, जसले ईभीको रेञ्ज र प्रदर्शन सुधार गर्छ।

विश्वव्यापी रूपमा रेयर अर्थ मटेरियलको खानी उत्पादनमा चीनको हिस्सा करिब ७० प्रतिशत र प्रशोधन तथा उत्पादन क्षमतामा करिब ९० प्रतिशतसम्म रहेको छ। हालै चीनले अमेरिका सँगको बढ्दो व्यापारिक तनावका बीच सात महत्वपूर्ण रेयर अर्थ धातुको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

यससँगै कार, ड्रोन, रोबोटदेखि मिसाइलसम्म निर्माणका लागि आवश्यक म्याग्नेटको ढुवानी पनि चिनियाँ बन्दरगाहहरूमा रोकिएको थियो, जसले अटोमोबाइल, सेमिकन्डक्टर र एयरोस्पेस उद्योगमा व्यापक असर पारेको छ।

अमेरिकाले चिनियाँ उत्पादनमा ट्यारिफ बढाएपछि त्यसको प्रतिकारस्वरूप चीनले निर्यात लाइसेन्सिङ नियम लागू गरेको हो। यी नियमअनुसार आयातकर्ताले ती सामग्रीहरू रक्षा वा डुअल–युज (दोहोरै प्रयोजन) का लागि प्रयोग नगरिने ग्यारेन्टी दिनुपर्छ। यो प्रक्रिया जटिल र लामो भएकाले आपूर्तिमा ढिलाइ भइरहेको थियो।

पछिल्लो छ महिनादेखि भारत सरकार चिनियाँ अधिकारीहरूसँग निरन्तर संवादमा रहेको थियो। जुन महिनामा चिनियाँ विदेशमन्त्री वाङ यीले नयाँ दिल्ली भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस। जयशंकरलाई रेयर अर्थ मिनरल्सको निर्यातमा लगाइएका प्रतिबन्ध खुकुलो पारिने आश्वासन दिएका थिए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.