बिहीबार, भाद्र ४,२०८३ 03:30:31
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 03:30:31
Bizshala
Global IME Bank Limited

एशियाकै धनी व्यक्ति बनेका चिनियाँ रियल इस्टेट बादशाहलाई जन्मकैदको सजाय, २.३५ अर्ब डलरबराबरको सम्पत्ति पनि जफत

एशियाकै धनी व्यक्ति बनेका चिनियाँ रियल इस्टेट बादशाहलाई जन्मकैदको सजाय, २.३५ अर्ब डलरबराबरको सम्पत्ति पनि जफत
New Office

काठमाण्डौ । चीनको आवास बजार संकटको केन्द्रमा रहेको रियल इस्टेट कम्पनी एभरग्रान्डका संस्थापक हुइ का यानलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। अदालतले उनको व्यक्तिगत सम्पूर्ण सम्पत्ति समेत जफत गर्ने आदेश दिएको छ।

हुइले गत अप्रिलमा सम्पत्ति हिनामिना र कर्पोरेट घुसखोरीलगायतका अभियोगमा दोषी स्वीकार गरेका थिए। चीनको सेन्जेन इन्टरमिडिएट पिपुल्स कोर्टले एभरग्रान्डसँग सम्बन्धित पूर्व कम्पनीहरूलाई समेत विभिन्न अपराधमा कुल १५.८२ अर्ब युआन (करिब २.३५ अर्ब अमेरिकी डलर) जरिवाना गरेको छ। कम्पनीहरूमाथि वित्तीय अभिलेख किर्ते गरेको र ऋण लुकाएको लगायतका आरोप थिए।

अदालतका अनुसार हुइ र उनका व्यवसायले चिनियाँ रियल इस्टेट बजारलाई ‘गम्भीर रूपमा अव्यवस्थित’ बनाउँदै ठूलो आर्थिक क्षति पुर्याएका थिए। राज्य सञ्चारमाध्यमका अनुसार एभरग्रान्डका अन्य कार्यकारीहरू, हुइका दुई छोरा सु झिजियान र सु तेङ्हे समेतलाई २२ महिनादेखि १८ वर्षसम्मको जेल सजाय सुनाइएको छ।

कुनै समय एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुइले ग्रामीण चीनमा सामान्य पारिवारिक पृष्ठभूमिबाट उठेर रियल इस्टेट व्यवसाय सुरु गरेका थिए। सन् १९९६ मा एभरग्रान्ड स्थापना गरेपछि उनले ठूलो परिमाणमा ऋण लिएर आक्रामक विस्तार रणनीति अपनाए। त्यसक्रममा एभरग्रान्ड चीनकै सबैभन्दा ठूलो रियल इस्टेट विकासकर्ता बन्यो र कम्पनीको बजार मूल्य ५० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो।

उनी ४५.३ अर्ब अमेरिकी डलरका साथ सन् २०१७ मा एशियाकै धनी व्यक्ति बनेका थिए । 

Bizshala
CG Motors

तर, चिनियाँ सरकारले सन् २०२० मा रियल इस्टेट क्षेत्रमा ऋण नियन्त्रणका कडा उपायहरू लागू गरेपछि एभरग्रान्ड गम्भीर वित्तीय संकटमा परेको थियो। ऋणको ब्याज तिर्न कठिन भएपछि कम्पनीले सम्पत्ति ठूलो छुटमा बिक्री गरेर नगद जुटाउने प्रयास गरेको थियो। अन्ततः सन् २०२१ मा कम्पनी पतनको अवस्थामा पुगेको थियो।

अदालतमा गत अप्रिलमा भएको सुनुवाइका क्रममा एभरग्रान्डले घर खरिदकर्ताबाट अग्रिम रूपमा उठाएको करोडौँ डलर निर्माण कार्यमा प्रयोग नगरी नयाँ रियल इस्टेट परियोजनामा लगानी गरेको विवरण सार्वजनिक भएको थियो। यसका कारण सयौँ आवासीय परियोजना अधुरा बनेका थिए।

यसअघि पनि हुइमाथि कारबाही भइसकेको थियो। सन् २०२४ मार्चमा उनलाई ६.५ मिलियन डलर जरिवाना गर्नुका साथै चीनको पूँजी बजारमा आजीवन प्रतिबन्ध लगाइएको थियो। एभरग्रान्डले आफ्नो आम्दानी ७८ अर्ब डलरले बढाएर देखाएको आरोपमा उक्त कारबाही गरिएको थियो।

एभरग्रान्डको संकटपछि कम्पनीको बजार मूल्य करिब ९९ प्रतिशतले घटेको थियो। लामो समयसम्म हङकङ स्टक एक्सचेन्जमा कारोबार भएको कम्पनीको सेयर अन्ततः अगस्ट २०२५ मा सूचीकृत अवस्थाबाट हटाइएको थियो।

एभरग्रान्डको पतनलाई चीनको रियल इस्टेट क्षेत्रमा देखिएको व्यापक संकटको प्रमुख कारणमध्ये एक मानिन्छ। चीनको अर्थतन्त्रमा रियल इस्टेट क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको थियो र स्थानीय सरकारका लागि पनि यो प्रमुख आम्दानीको स्रोत थियो। एभरग्रान्डसहित अन्य ठूला विकासकर्ता कम्पनीहरूमा देखिएको वित्तीय संकटले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा लामो समयदेखि दबाब सिर्जना गरिरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.