सोमबार, आश्विन ५,२०८३ 01:40:20
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 01:40:20
Bizshala
Global IME Bank Limited

अमेरिकी औषधि कम्पनीलाई लगानी खुला गर्ने सम्भावित नियमको खबरपछि चिनियाँ बायोफार्मा कम्पनीहरुको सेयरमा उछाल

अमेरिकी औषधि कम्पनीलाई लगानी खुला गर्ने सम्भावित नियमको खबरपछि चिनियाँ बायोफार्मा कम्पनीहरुको सेयरमा उछाल
New Office

काठमाण्डौ। अमेरिकी औषधि कम्पनीहरूले चिनियाँ औषधि कम्पनीसँग अधिकांश औषधि लाइसेन्सिङ सम्झौता गर्न पाउने गरी अमेरिकाले नयाँ नियम ल्याउन सक्ने खबरपछि सोमबार हङकङमा सूचीकृत चिनियाँ बायोफार्मास्युटिकल कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

हङकङको कारोबारमा इनोभेन्ट बायोलोजिकको सेयर करिब ६ प्रतिशतले बढेको छ। यस्तै एकेसोको सेयर ८ प्रतिशत तथा सीएसपीसी फर्मास्युटिकल्सको सेयर ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। हचमेडको सेयर करिब ३ प्रतिशत र सिनो बायोफर्माको सेयर ८ प्रतिशतले बढेको छ।

यसैबीच, हङकङको हाङ सेङ बायोटेक इन्डेक्स पनि ५ प्रतिशतभन्दा बढीले बढेको छ।

शुक्रबार सार्वजनिक भएको रोयटर्सको रिपोर्टअनुसार अमेरिकी ट्रेजरी विभागले चिनियाँ कम्पनीहरूले विकास गरिरहेका सम्भावनायुक्त नयाँ औषधिमा अमेरिकी औषधि कम्पनीले लगानी गर्न सक्ने गरी नियमको मस्यौदा तयार गरिरहेको छ। यद्यपि रोगजनक जीवाणु तथा भाइरससँग सम्बन्धित वा हतियारका रूपमा प्रयोग हुन सक्ने जैविक प्रविधिसँग सम्बन्धित कारोबार भने प्रस्तावित व्यवस्थाबाट बाहिर राखिने जनाइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रिपोर्टअनुसार प्रस्तावित नियम अझै अन्तिम रूप दिइएको छैन र त्यसमा परिवर्तन हुन सक्ने सम्भावना छ। नयाँ व्यवस्था लागू भएमा चीनसँग सम्बन्धित औषधि तथा बायोफार्मा क्षेत्रले अमेरिकी बजार र लगानीकर्तासँग सहकार्य गर्ने थप अवसर पाउन सक्ने देखिएको छ।

चीनसँग सम्बन्धित कृत्रिम बुद्धिमत्ता तथा सेमिकन्डक्टर क्षेत्रको तुलनामा औषधि तथा बायोफार्मा क्षेत्रप्रति अमेरिकाको सम्भावित नीति केही फरक देखिएको छ। अमेरिकाले एआई र सेमिकन्डक्टरजस्ता रणनीतिक क्षेत्रमा चीनमाथि निर्यात तथा लगानीसम्बन्धी प्रतिबन्ध कडा बनाउँदै आएको छ।

रोयटर्सले ग्लोबलडाटाको तथ्यांक उद्धृत गर्दै सन् २०२५ मा विदेशबाट औषधि लाइसेन्स लिन भएका अमेरिकी कम्पनीका सम्झौतामध्ये करिब आधा चिनियाँ कम्पनीसँग भएको जनाएको छ। अमेरिकी औषधि कम्पनी फाइजरले गत मेमा इनोभेन्ट बायोलोजिक्ससँग १०.५ अर्ब अमेरिकी डलरसम्मको सम्भावित मूल्यको रणनीतिक साझेदारी घोषणा गरेको थियो। उक्त साझेदारीमा क्यान्सर उपचारसम्बन्धी १२ वटा कार्यक्रमको अनुसन्धान तथा विकास समेटिएको छ।

भूराजनीतिक तनावका बाबजुद चिनियाँ औषधि तथा बायोटेक कम्पनीले आफ्नो औषधि विदेशी कम्पनीलाई लाइसेन्स दिने क्रम जारी राखेका छन्। नोमुराले राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनको तथ्यांक उद्धृत गर्दै सन् २०२६ को पहिलो छ महिनामा ८१ वटा सम्झौता सम्पन्न भएको र ती सम्झौताको कुल मूल्य ११० अर्ब अमेरिकी डलर पुगेको जनाएको छ।

नोमुराका अनुसार नयाँ औषधि विकासमा चिनियाँ कम्पनीहरूले देखाएको प्रतिस्पर्धात्मक क्षमता र मूल्यका कारण लगानीकर्तामा यस क्षेत्रप्रतिको आकर्षण कायम रहेको देखिन्छ। चीनले आफ्नो १५औँ पञ्चवर्षीय योजनाअन्तर्गत औषधि तथा बायोटेक कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यलाई समेत प्राथमिकता दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.