काठमाण्डौ । चीनले जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध दुई वर्षअघि फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित दूषित पानी छोड्ने चिन्ताका कारण लगाइएको थियो। बेइजिङले सर्तहरू सहित जापानबाट आयात सुचारु गर्ने बताएको छ, तर टोकियो र फुकुसिमालगायत जापानका ४७ प्रिफेक्चरमध्ये १० मा यो लागू हुने छैन।
चीनको भन्सारको सामान्य प्रशासनले जुन २९ मा फुकुसिमाको प्रदूषित पानीको दीर्घकालीन अनुगमनका क्रममा लिइएका नमूनाहरूमा कुनै असामान्यता नभेटिएको लेखेको थियो। सन् २०११ मा आएको सुनामीले जापानको उत्तर–पूर्वमा रहेको फुकुशिमा प्लान्टका तीनवटा रिएक्टर डुबानमा परेको थियो, जसलाई चेर्नोबिलपछिको विश्वको सबैभन्दा ठूलो आणविक दुर्घटना मानिन्छ।
सन् २०११ को सुनामीमा फुकुसिमा प्लान्टमा रहेका छवटा आणविक रिएक्टरमध्ये तीन नराम्ररी क्षतिग्रस्त भएका थिए। वर्षौंमा, १० लाख टन भन्दा बढी प्रशोधित दूषित पानी त्यहाँ जम्मा भयो। सन् २०२३ मा, जापानले यो प्रशोधित दूषित पानी समुद्रमा छोड्न थालेृको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                