काठमाण्डौ । चीनले सन् १९५० पछि पहिलो पटक बिस्तारै अवकाशको उमेर बढाउने भएको छ । अधिकांश जनसंख्या बुढेसकालमा रहेका बेला चीनले अवकाशको उमेर बढाउने भएको हो।
चिनियाँ सरकारले यो प्रस्तावलाई शुक्रबार स्वीकृत गरेको छ। चीनले ब्लू कलर जब(तल्लो तहमा काम गर्ने) गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्याउने भएको छ ।
जबकि ह्वाइट कलर(उच्त तह)जब गनेृ महिलाको हकमा यो उमेर ५५ वर्षबाट बढाएर ५८ वर्ष पुर्याइने छ ।पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ वर्ष पुर्याइने जनाइएको छ ।
चीनमा सेवानिवृत्तिको उमेर विश्वमा सबैभन्दा कम छ। चिनियाँ सरकारी मिडियाका अनुसार शुक्रबार पारित भएको प्रस्ताव अनुसार यी परिवर्तनहरू सन् २०२५ जनवरी १ गतेबाट लागू हुनेछन्। आगामी १५ वर्षको लागि प्रत्येक केही महिनामा अवकाशको उमेर क्रमशः बढाइने जनाइएको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सेवानिवृत्तिको कानुनी उमेर नपुग्दै अवकाश लिने अनुमति दिइने छैन।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                