आईतवार, असार २२,२०८२ 10:46:41
  • आईतवार, असार २२,२०८२ 10:46:41
Global IME Bank Limited

यो वर्ष १५ हजार बढी चिनियाँ धनाढ्यले छाड्दैछन् देश, अन्य कुन देशबाट कति बाहिरिदैछन् ?

Hyundai Nepal
यो वर्ष १५ हजार बढी चिनियाँ धनाढ्यले छाड्दैछन् देश, अन्य कुन देशबाट कति बाहिरिदैछन् ?
Nabil Bank Limited

काठमाण्डौ । विश्वका धनाढ्यहरुले आफ्नो देश छाड्ने क्रम तीव्र बनेको छ । लगानीको वातावरण सहज नहुनु र करको विषय जस्ता विविध कारणले विश्वका धनाढ्यहरुले आफ्नो देश छाड्ने क्रम बढेको हो ।  

यो वर्ष भने सबैभन्दा धेरै चिनियाँ धनाढ्यहरुले चीन छाड्ने भएका छन् । हेनले एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘प्राइभेट वेल्थ माईग्रेशन २०२४’को रिपोर्टका अनुसार यो वर्ष १५ हजार २ सय चिनियाँ धनाढ्यले देश छाड्न सक्छन् । पछिल्लो समय चीनबाट बाहिरिने धनाढ्यको संख्या प्रत्येक वर्ष वृद्धि भईरहेको रिपोर्टमा उल्लेख छ ।  

यस्तै दोस्रो स्थानमा बेलायत रहेको छ । रिपोर्टका अनुसार बेलायतबाट यो वर्ष ९ हजार ५ सय धनाढ्य बाहिरिन सक्छन् । यस्तै तेस्रो स्थानमा भने भारत रहेको छ । यो वर्ष ४ हजार ३ सय धनाढ्यले भारत छाड्ने छन् । सन् २०२२ मा भारतबाट बाहिरिने धनाढ्यको संख्या करिब ७ हजार र सन् २०२३ मा ५ हजार १ सय थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसरी भारतबाट बाहिरिने धनाढ्यको संख्यामा कमी आईरहेको छ ।  

त्यस्तै दक्षिण कोरियामा यो आँकडा १२ सय ,रुसमा १ हजार ब्राजिलमा ८ सय,दक्षिण अफ्रिकामा ६ सय ताइवानमा ४ सय र नाइजेरिया र भियतनाममा ३÷३ सय रहेको छ ।  

कहाँ जान्छन् त धनाढ्य ?

विश्वभरका देशहरुबाट बाहिरिएका अधिकांश धनाढ्यहरुको पहिलो रोजाई युएई बनेको छ । हेनले एण्ड पाटनर्सका अनुसार यो वर्ष यएईमा ६ हजार ७ सय धनाढ्य भित्रन सक्छन् । त्यस्तै अमेरिकामा ३ हजार ८ सय,सिंगापुरमा ३ हजार ५ सय,क्यानडामा ३ हजार २ सय,अष्ट्रेलियामा २ हजार ५ सय,इटलीमा २ हजार २ सय,स्विट्जरल्याण्डमा १५ सय,ग्रीसमा १२ सय,पोर्चुगलमा ८ सय र जापानमा ४ सय धनाढ्य भित्रने सम्भावना रहेको छ ।  

किन छाड्दै छन् धनाढ्यले आफ्नो देश ?

लगानीको सहज वातावतरण नहुनु, करको जटिल व्यवस्था र सरकारी निती नियमको कडाईका धनाढ्यहरुले आफ्नो देश छाड्ने क्रम बढीरहेको छ । यसका साथै थप सम्भावनाको खोजी र स्वदेशको खस्कदो अर्थतन्त्रका कारण पनि धनाढ्यहरुले देश छाडिरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।-एजेन्सी  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.