मंगलवार, आश्विन १३,२०८३ 06:26:53
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:26:53
Bizshala
Global IME Bank Limited

ईरानको पक्षमा उभियो चीन, ट्रम्पलाई भन्यो-“हाम्रा तेल र जहाजमा हात नहाल”

Bizshala
ईरानको पक्षमा उभियो चीन, ट्रम्पलाई भन्यो-“हाम्रा तेल र जहाजमा हात नहाल”
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको होर्मुज स्ट्रेट नाकाबन्दी गर्ने घोषणा गरेपछि चीनले ईरानको पक्षमा उभिँदै कडा चेतावनी दिएको छ। चीनले अमेरिकालाई ‘हाम्रा मामिलामा हस्तक्षेप नगर्नू’ भन्दै सजग गराएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चीनी रक्षा मन्त्री डोंग जूनले भनेका छन्, “बीजिङ विश्व शान्ति र स्थिरताप्रति प्रतिबद्ध छ र मध्यपूर्वको अवस्थालाई नजिकबाट हेर्दै छ। हाम्रा जहाजहरू होर्मुज स्ट्रेटमा निरन्तर आउजाउ गरिरहेका छन्। ईरानसँग हाम्रा व्यापारिक तथा ऊर्जा सम्झौताहरू छन्। हामी तिनलाई सम्मान गर्नेछौं र आशा गर्दछौं कि कसैले पनि हाम्रा मामिलामा हस्तक्षेप नगरोस्। होर्मुज स्ट्रेटमा ईरानको नियन्त्रण छ र यो हाम्रा लागि खुला छ।”

ट्रम्पले पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएपछि ईरानी बन्दरगाहहरूमा आउने–जाने सबै समुद्री यातायातलाई नाकाबन्दी गर्ने आदेश दिएका थिए। अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले अप्रिल १३, २०२६ देखि यो नाकाबन्दी लागू हुने बताएको छ। यो नाकाबन्दी ईरानी बन्दरगाह र तटीय क्षेत्रलाई लक्षित छ भने गैर–ईरानी बन्दरगाहहरूलाई भने प्रभावित नहुने जनाइएको छ।

होर्मुज स्ट्रेट विश्वको तेल आपूर्तिको सबैभन्दा महत्वपूर्ण जलमार्ग हो। चीन ईरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता भएकोले यो नाकाबन्दीले चीनको ऊर्जा सुरक्षा र अर्थतन्त्रमा ठूलो असर पार्न सक्ने देखिन्छ।

ट्रम्पले चीनले ईरानलाई सैन्य सहयोग गरेमा ५० प्रतिशतको भारी ट्यारिफ लगाउने चेतावनी पनि दिइसकेका छन्। उनले भनेका थिए, “परिणाम गम्भीर हुनेछ। मलाई शंका छ उनीहरूले त्यसो गर्लान्, तर यदि हामीले उनीहरूलाई त्यस्तो गर्दै गरेको भेट्टायौं भने चीनमाथि ५० प्रतिशत ट्यारिफ लगाइनेछ।”

ईरानले पनि ट्रम्पको धमकीको जवाफमा आफ्नो तेल आपूर्तिका बारेमा चेतावनी दिएको छ। यो घटनाक्रमले मध्यपूर्वमा तनाव थप बढाएको छ र विश्वव्यापी तेल बजारलाई प्रभावित गर्ने सम्भावना रहेको छ।

-Agencies

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.