आईतवार, बैशाख ६,२०८३ 11:49:47
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:49:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनमा विकराल बन्दै बेरोजगारी समस्या, युवाहरु धमाधम गाउँ फर्कदै

Bizshala
चीनमा विकराल बन्दै बेरोजगारी समस्या, युवाहरु धमाधम गाउँ फर्कदै
Shivam Cement

काठमाण्डौ । शहरी क्षेत्रमा रोजगारीको समस्या हुन थालेपछि चिनियाँ युवाहरु धमाधम गाउँ फर्कन थालेका छन् ।  

यसरी शहर छोडेर गाउँ फर्किएका युवाहरुले सामाजिक सञ्जालमा गाउँ फर्किएपछिको घटनाहरु सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । सन् ९० तिर जन्मिएका भनेर आफूहरुलाई स्वघोषित अवकाशकर्ता भन्ने यस्ता युवाहरुले अनलाइनमा पोष्ट गर्ने आफ्नो यात्रालाई करियर ब्रेक वा बेरोजगारको रुपमा व्याख्या गर्ने गरेका छन् ।  

गत वर्ष यसरी नै गाउँ फर्किएका एक युवाले वेन्जीले चीनको गुईझाउ प्रान्तमा बाँसको घर बनाएर बसेको बताएका छन् । गाउँ फर्कुनुअघि उनी सवारी साधन मर्मत गर्ने,निर्माण तथा उत्पादन क्षेत्रमा काम गर्ने गर्थे । स्थानिय एक मिडियालाई दिएको अन्तरवार्तामा उनले दैनिक मेशिनसँग काम गर्नु पर्ने भएकाले थकित भएर गाउँ फर्किएको बताए । उनले अन्य काम खोज्ने प्रयास गरेको तर त्यसबाट पनि सन्तुष्ट हुन  नसकेको बताए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘समय बितेसँगै मैले जीवनको वास्तविक अर्थ बुझ्न थाले । जीवन भनेको शहरको सम्पन्नता मात्रै होइन रहेछ । गाउँघरको शान्त वातावरण पनि एक प्रकारको शुन्दरता नै रहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।  

गाउँ फर्किएपछि उनी खाना पकाएको,तरकारी खोती गरेको र घर मर्मत गरेको भिडियोहरु डोउयिन एपमा अपलोड गर्ने गर्छन । यो एप टिकटकको कम्पनी बाइट डान्सको भगिनी एप हो ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण यतिबेला चीनमा युवाहरुलाई रोजगारी खोज्न कठिन भईरहेको छ । यो वर्ष मात्रै चीनको श्रम  बजारमा १ करोड १८ लाख युवाहरु प्रवेश गरेका छन् । रोजगारीका लागि बढ्दो प्रतिष्पर्धाले कलेज डिग्री समेत डिभ्लायुएशन भएको छ । कम ग्रेड र नम्बर हासिल गरेकाले काम पाउने सम्भावना झनै कम भएको हङकङ पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर चुङ चि नियनले बताए ।  

CG Motors
Garima Development Bank
IME remit

अगस्ट महिनामा चीनमा बेरोजगारी दर हालसम्मकै उच्च कायम भएको थियो । यो महिना बेरोजगारीदर १८.८ प्रतिशत पुगेको थियो । चीनमा गत डिसेम्बर महिनादेखि नयाँ रेकर्ड प्रणाली लागू भएको थियो । चीनमा अझै पनि घरेलु माग न्यून स्तरमा रहेको छ । यसका साथै हाउजिङ क्षेत्रमा समेत मन्दी छाएको छ ।  

हाङसेङ बैंक चाइनाका प्रमुख अर्थशाीस्त्री ड्यान वाङका अनुसार नयाँ कलेज सकाएका श्रम बजारका अधिकांश नवप्रवेशीहरुलाई रोजगारी दिने सेवा क्षेत्र विगत ३ वर्षदेखि संकुचित अवस्थामा रहेको छ । शहरी क्षेत्रमा कम आएका भएका डेलिभरीको काम पाइने भएपनि शिक्षित युवाहरु यस्तो काम गर्नुको साटो साइडलाइन मै बस्ने रुचाउने वाङले बताए ।  

उत्पादन क्षेत्रमा समेत काम पाइने भएपनि चिनियाँ युवाहरु यस क्षेत्रमा लाग्न नचाहने लण्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर केयु जिन बताउँछन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.