सोमबार, मंसिर ८,२०८२ 08:44:26
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 08:44:26
IME remit
Global IME Bank Limited

चीनले बनाउन थाल्यो विश्वकै सबैभन्दा ठूलो जलविद्युत बाँध, ‘वाटर बम’को रुपमा प्रयोग गर्ने भारतको डर

Hyundai Nepal
चीनले बनाउन थाल्यो विश्वकै सबैभन्दा ठूलो जलविद्युत बाँध, ‘वाटर बम’को रुपमा प्रयोग गर्ने भारतको डर
Shivam Cement

काठमाण्डौ । चीनले तिब्बतको ब्रह्मपुत्र नदीमा बाँध निर्माणको काम सुरु गरेको छ । चीनले शनिबार यसको औपचारिक घोषणा गरेको हो । चीनले भारतको अरुणाचल प्रदेश नजिकै तिब्बतको ब्रह्मपुत्र नदीमा यो बाँध निर्माण गरिरहेको छ ।

यो चिनियाँ परियोजनाको लागत १६७.८ बिलियन अमेरिकी डलर छ । ब्रह्मपुत्रमा चीनले बनाउने यो बाँध विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध हुनेछ । आयोजनामा पाँच जलविद्युत केन्द्र रहनेछन् । यी आयोजनाहरुको कुल लागत १६७.८ बिलियन अमेरिकी डलर हुनेछ। चिनियाँ प्रधानमन्त्रीले यो आयोजनालाई ‘प्रोजेक्ट अफ द सेन्चुरी’ को नाम दिएका छन् ।  

हाल, चीनको याङ्जी नदीमा बनेको थ्री गर्जेस बाँध २२.५ गिगावाट क्षमता भएको विश्वको सबैभन्दा ठूलो बाँध हो।

CG Motors
New Office
Garima Development Bank

ब्रह्मपुत्र नदीमा निर्माण हुन लागेको यो बाँधबाट वार्षिक ३०० अर्ब किलोवाट घण्टा बिजुली उत्पादन हुनेछ । यहाँ उत्पादित बिजुली मुख्यतया तिब्बत बाहिर आपूर्ति गरिनेछ। तर, यसको केही अंश स्थानीय उपभोग आवश्यकताका लागि पनि दिन सकिने जनाइएको छ । यसबाट तिब्बतमा हजारौं रोजगारीको अवसर सिर्जना हुने चीनको दाबी छ।  

यो चिनियाँ बाँध ब्रह्मपुत्र नदीले अरुणाचल प्रदेश र त्यसपछि बंगलादेशमा बग्ने तीव्र यू–टर्न लिने भएकाले यस्तो अवस्थामा यो बाँधले नदीको प्राकृतिक प्रवाहमा बाधा पुर्याउने भारत र बंगलादेशले यो परियोजनाको विरोध गरेका छन् । यो बाँधका कारण बेइजिङले पानीलाई हतियारको रूपमा प्रयोग गर्न सक्ने भारतको डर छ । आवश्यक परेमा चीनले यस बाँधमा राखिएको पानी बिना पूर्व सूचना छोड्न सक्ने र यसले अरुणाचल प्रदेश र असमका तल्लो क्षेत्रमा बाढी आउन सक्छ भारतको दाबी छ ।  

सीमापार नदीमा सहयोग र ब्रह्मपुत्र र सतलजमा चीन र भारतबीच दुई छुट्टाछुट्टै सम्झौताहरू छन्। चीनका लागि पूर्व भारतीय राजदूत अशोक कान्थले परेचु घटनापछि सतलज एमओयूमा हस्ताक्षर नभएको बताएका छन् । चीनले तथ्याङ्क उपलब्ध गराउन नमानेका कारण एमओयूको नवीकरण रोकिएको भारतले जनाएको छ।

ब्रह्मपुत्र सम्झौता प्रत्येक पाँच वर्षमा नवीकरण हुन्छ। यो दुई वर्षअघि सन् २०२३ मा समाप्त भएको थियो । त्यसपछि कूटनीतिक माध्यमबाट यसको नवीकरणको प्रक्रिया अघि बढेतापनि एमओयू अन्तर्गत हाल कुनै प्रगति भएको छैन ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.