आईतवार, असार २२,२०८२ 11:39:35
  • आईतवार, असार २२,२०८२ 11:39:35
Global IME Bank Limited

चीनले पनि लगायो क्यानडाको कृषि उत्पादनमाथि ट्यारिफ

Hyundai Nepal
चीनले पनि लगायो क्यानडाको कृषि उत्पादनमाथि ट्यारिफ
Nabil Bank Limited

काठमाण्डौ । चीनले २.६ बिलियन डलरभन्दा बढी मूल्यको क्यानेडाको कृषि र खाद्यान्न उत्पादनहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेको छ । क्यानडाले गत अक्टोबरमा चीनमाथि ट्यारिफ लगाउने घोषणा गरेसँगै र ठूलो मात्रामा अमेरिकाद्वारा घोषणा गरिएको ट्यारिफले निम्त्याएको व्यापार युद्धमा नयाँ मोर्चा खोल्दै चीनले क्यानडामाथि ट्यारिफ घोषणा गरेको हो ।  

चीनको वाणिज्य मन्त्रालयले घोषणा गरेको यो ट्यारिफ मार्च २० देखि लागू हुनेछ । क्यानडाले चार महिनाअघि मात्रै चीनमा निर्मित विद्युतीय सवारी साधन, स्टिल र आल्मुनियम उत्पादनहरूमा शतप्रतिशत र २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यानाडाका कदमहरुले विश्व व्यापार संगठनका नियमहरूको गम्भीर उल्लंघन गरेको र यसलाई संरक्षणवाद र भेदभावपूर्ण भएको जनाएको छ । क्यानडाको कदमले चीनको वैध अधिकार र हितलाई गम्भीर रूपमा हानि पुर्‍याउने समेत वाणिज्य मन्त्रालयले उल्लेख गरेको छ ।  

चीनले १ अर्ब डलरभन्दा बढी क्यानेडियन रेपसीड तेल, तेल केक र मटरको आयातमा १०० प्रतिशत शुल्क लगाउनेछ र यसका साथै १.६ बिलियन डलर मूल्यको क्यानेडियन जलजन्य उत्पादन र सुँगुरको मासुमा २५ प्रतिशत शुल्क लगाउनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.